लोकसभा बैठकमा विपक्षीको विरोध

लोकसभा बैठकमा विपक्षीको विरोध

केन्द्रबिन्दु
0
Shares

मणिपुरमा जारी हिंसाको विस्तृत विवरण सदनमा प्रस्तुत गर्नुपर्ने तथा मणिपुरका सम्बन्धमा प्रधानमन्त्री नरेन्द्र मोदीले वास्तविकता जानकारी गराउनुपर्ने माग गर्दै विपक्षी दलहरूले विरोध जारी राखेपछि लोकसभाको बैठक स्थगन भएको छ। 

प्रश्नोत्तरको समय सुरु भएलगत्तै विपक्षी दलहरुले विरोध गरेका थिए। सभामुख ओम बिरलाले विपक्षी सदस्यहरूलाई आफ्नो सिटमा बस्न आग्रह गर्दै प्रश्नोत्तरकालले सरकारको जवाफदेहितालाई व्यवस्थित गर्न मद्दत गर्ने भएकाले सदन सञ्चालन हुनुपर्ने तर्क गरेका छन्।

उनले विरोधस्वरुप प्लेकार्ड देखाउनु र नारा लगाउनु कुनै पनि समस्याको समाधान नभएको बरु त्यो संसदीय परम्पराविरुद्ध भएको बताए। साथै उनले अपराह्न दुई बजेसम्मका लागि सदन स्थगन भएको घोषणा गरे। 

काँग्रेस र अन्य विपक्षी दलहरूले आजको कार्यसूचीका विषयलाई हटाएर मणिपुरको स्थितिबारे छलफल गर्नुपर्ने र प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गर्दै आएका छन्। यही साउन ४ गतेदेखि शुरु भएको संसद्को हिउँदे अधिवेशन प्रारम्भदेखि नै अवरुद्ध हुँदै आएको छ।

Logo