वाग्नर समुहको प्रचार गर्ने दुई रूसी पोल्याण्डमा पक्राउ

वाग्नर समुहको प्रचार गर्ने दुई रूसी पोल्याण्डमा पक्राउ

केन्द्रबिन्दु
0
Shares

युरोपको पूर्वी भागमा तनाव कम हुन सकेको छैन। अब बेलारुस र पोल्याण्डबीच द्वन्द्वको खतरा छ। सीमा क्षेत्रमा दुई देशबीच तनाव बढेको छ। यसैबीच, पोल्याण्डले रूसी भाडाको सैन्य समुह वाग्नर समूहको प्रचार प्रसार गर्ने दुई रुसीलाई पक्राउ गरेको समाचार छ।

पोल्याण्डका मन्त्री मारियस कामिन्स्की यसबारे जानकारी दिएका छन्। पत्रकारसँगको कुराकानीमा उनले प्रहरी र देशको आन्तरिक सुरक्षा निकायले जासुसी र अन्य आरोपमा दुई जना रूसीलाई हिरासतमा लिएको बताए।

उनले भने कि,पक्राउ परेका दुई संदिग्धहरूले वार्सा र क्राकोमा वाग्नर समूहको प्रचार सामग्री वितरण गरिरहेका थिए। घटनाबारे ट्वीट गर्दै उनले दुवैलाई जासुसीको आरोपमा पक्राउ गरिएको बताए।

स्मरण रहोस्, गत जुनमा येभगेनी प्रिगोजिनद्वारा असफल विद्रोह प्रयासपछि वाग्नर समूहका लडाकुहरू बेलारुसमा शिविरमा छन्। यस्तो अवस्थामा रुस र बेलारुससँग पोल्याण्डको तनाव बढेको छ।

रुसको विद्रोहपछि अब वाग्नरका लडाकुहरू बेलारुस पुगेका छन् र उनीहरू आफ्नो सीमाभित्र पस्न सक्ने चेतावनी पोल्याण्डले दिएको थियो। यति मात्र होइन, पोल्याण्डसँगै लिथुआनियाले रुस र बेलारुसले पनि उत्तेजक कारबाही गरिरहेको दाबी गरेको छ।

Logo