बहुध्रुवीय विश्व व्यवस्थाको स्थिर विकास आवश्यक छः राष्ट्रपति पुटिन

बहुध्रुवीय विश्व व्यवस्थाको स्थिर विकास आवश्यक छः राष्ट्रपति पुटिन

केन्द्रबिन्दु
0
Shares

विश्वले नयाँ बहुध्रुवीय विश्व व्यवस्थाको निरन्तर सुदृढीकरण खोजिरहेको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन्। मस्कोमा आयोजित अन्तर्राष्ट्रिय सुरक्षासम्बन्धी ११ औँ सम्मेलनमा मङ्गलबार उनले सो धारणा राखेका थिए।

बहुध्रुवीयतातर्फ विश्वव्यापी परिवर्तनको चर्चा गर्दै पुटिनले भने, ‘अधिकांश देशहरू आफ्नो सार्वभौमसत्ता दाबी गर्न र आफ्नो राष्ट्रिय हित, परम्परा, संस्कृतिको रक्षा गर्न तयार छन्।’ रुसी नेताको धारणा छ।

बहुध्रुवीय विश्व व्यवस्थाले अन्ततः स्थिर र दिगो विश्वव्यापी विकास मा योगदान पुर्योउँछ र दबाबमा रहेका सामाजिक, आर्थिक, प्राविधिक र वातावरणीय चुनौतीहरूको समाधान गर्न मद्दत गर्दछ।

उनले भने, ‘हाल विश्वभर नयाँ द्वन्द्व उक्साउने र विद्यमान द्वन्द्वलाई बढाउने प्रयास गर्नेहरूले राष्ट्रहरूलाई विभाजन गरेर शक्तिकेन्द्रको आज्ञाकारी बनेको र अन्य राज्यहरूको स्रोतको दोहन गरेर ‘मानव त्रासदीबाट फाइदा लिन खोजिरहेका छन्।’

‘संयुक्त राज्य अमेरिकाले एशिया-प्रशान्त क्षेत्रमा अन्तरजातीय सम्बन्धको विद्यमान प्रणालीलाई उपयुक्त ठान्दै पुनर्संरचना गर्ने इच्छा राखेको छ र वाशिङ्गटनको इन्डो-प्यासिफिक रणनीतिहरू अमेरिकी नेतृत्वमा सैन्य र राजनीतिक सङ्घहरू गठन गर्ने उद्देश्यले मात्र अभिप्रेरित छ।’ पुटिनको धारणा छ।

नेटो सदस्य राष्ट्रहरूले सक्रिय रूपमा आफ्नो आक्रामक क्षमताको निर्माण गरिरहेका छन् र अन्य राज्यहरूमा दबाब दिन सैन्य र गैर-सैन्य माध्यमहरू प्रयोग गरिरहेको राष्ट्रपति पुटिनको दाबी छ।

युक्रेनमा अर्बौँ डलर लगानी गर्दै कीभलाई उपकरणहरू आपूर्ति गरेर पश्चिमी राष्ट्रहरूले द्वन्द्वलाई अझ चर्काउँदै लगेको र अन्य देशहरूलाई यसमा तानिरहेको पुटिनको धारणा छ।

Logo