अफगानिस्तानमा लगाइयो ७० राजनीतिक दलमाथि प्रतिबन्ध

अफगानिस्तानमा लगाइयो ७० राजनीतिक दलमाथि प्रतिबन्ध

केन्द्रबिन्दु
0
Shares

अफगानिस्तानमा राजनीतिक अधिकार क्रमशः खोसिँदै गएको छ।

तालिवान शाषनमा आएको बितेका २ बर्षमा राजनीतिक दलमाथि भारी मात्रामा प्रतिबन्ध लगाइएको छ। अफगानिस्तानमा सत्तारुढ तालिबानले अर्को अलोकतान्त्रिक निर्णय गर्दै ७० राजनीतिक दलमाथि प्रतिबन्ध लगाएको छ। 

तालिवानका न्यायमन्त्री अब्दुल हकिम शरीले भने,‘मुस्लिमहरूको जीवन शरिया कानूनमा आधारित छ, त्यसैले साँचो मुस्लिम समाजमा राजनीतिक दलहरूको लागि कुनै गुंजाइश छैन।’

तालिवान सत्तामा आएपछि दर्ता भएका सबै ७० राजनीतिक दलहरूलाई त्यहाँकाे मन्त्रालयले प्रतिबन्ध लगाएको थियो र भनियो कि यी दलहरूले देशमा विभाजनको भावना सिर्जना गर्छन्।

खाडी मुलुकको उदाहरण दिँदै कानुनमन्त्री शेरीले भन्दै आएका छन् कि खाँडी मुलुकमा राजनीतिक दल छैन, राजनीतिक दल नरहेकै कारण त्यहाँ समृद्ध छ।

Logo