सिरियल किलरको नाम सुन्ने बित्तिकै तपाईको दिमागमा बलिउड वा हलिउडको फिल्म खेल्न थाल्छ, जसमा अपराधी मान्छे मार्ने काम गर्छ र फिल्मको नायक समाजबाट छुटकारा पाउन काम गर्छ।
तर वास्तविकतामा यो सबै त्यति सजिलो छैन। यो किनभने सिरियल किलरहरू (विश्वको सबैभन्दा खराब सिरियल किलर) धेरै दुष्ट अपराधीहरू हुन्,जो सजिलै हातमा आउँदैनन् र तिनीहरू आए पनि जेलबाट छुटदैनन्।
तर आजकल एक कोलम्बियाई अपराधीको बारेमा भने विश्वभरी नै धेरै चर्चा हुन थालेको छ। लामो प्रयत्नपछि समातिएर जेल पठाइएका एक कुख्यात अपराधी अब जेलमुक्त हुन थालेका छन्। जसका कारण जनतामा भने त्रास छाएको छ।यो एउटा वास्तविक सिरियल किलरको कथा हो, जसलाई संसारले ‘द बिस्ट सिरियल किलर’ को नामले चिन्छ।
डेली स्टार न्यूज वेबसाइटको रिपोर्ट अनुसार १९९० को दशकको अन्तमा कोलम्बिया सिरियल किलर देशको एक कुख्यात अपराधी थियो। उनको नाम लुइस अल्फ्रेडो गाराभिटो थियो।
लुइसलाई लामो प्रयत्न र सकस पछि पक्राउ गरी जेल सजाय भएको थियो तर कोलम्बियामा आजीवन कारावास ४० वर्ष मात्रै हुने नियम छ र यदी जेलमा कसैको व्यवहार राम्रो भए २० वर्षपछि जेलबाट रिहा गर्न सकिने व्यवस्था छ। सोही व्य वस्थाका कारण उनी २० बर्षमा नै जेलबाट रिहा हुँदैछन्।
जेलमा लुइसको आचरण निकै राम्रो पाइएको जनाइएको छ र यो वर्ष उनले २० वर्ष जेल सजाय पूरा गर्दैछन्। अब उनी जेलबाट मुक्त हुने विश्वास गरिएको छ। तर जनतामा आक्रोश र त्रास छ त्यो किनभने लुईस एक हत्यारा थिए, जसले आफ्नो जीवनकालमा १, २ जनाको होइन, यी सिरियल किलरले १९३ जना मानिसहरूको हत्या गरेका थिए।
हाल ६४ वर्षको लुइसको कथा जान्नको लागि कोलम्बियाको सडकमा बस्नु पर्ने हुन्छ । वर्ष अप्रिल १९९९ थियो, जब उनलाई पक्राउ परेको थियो। एक वर्षअघि सन् १९९८ मा प्रहरीले तीनवटा चिहानमध्ये एउटाबाट ३६ जना युवाको शव फेला पारेको थियो।
त्यसपछि सो घटनालाई लिएर लुइसलाई गिरफ्तार गरियो र उनले ती व्यक्तिहरूको हत्या आफूले गरेको तत्कालै स्वीकार गरे। तर कुरा यहीमा भने रोकिएन। उनले सन् १९९४ देखि १९९९ सम्म बालबालिकाको हत्या वा अपराधसँग सम्बन्धित धेरैजसाे घटनामा आफ्नो हात रहेको बताए। उनले ५९ सहरमा ११४ बालबालिकाको हत्या गरेकोसमेत बताउँदा विश्व स्तब्ध भएकाे थियाे।
उनका अनुसार बालबालिकालाई मार्नु अघि बलात्कार गर्थे। यी सबै जवान केटीहरू थिए। जब उनले फेरि हत्याको बारेमा बताए, उनले यसरी आफ्नो हातबाट मारिएका संख्या १९० भन्दा बढी भएको स्वीकार गरेका थिए। त्यसपछि यही कारणले उनलाई विश्वकै खतरनाक सिरियल किलर मानिएको हो।
उनले आफूद्वारा मारिएका पिडितको पूरा सूची एउटा किताबमा उल्लेख गरेर राखेका थिए, जसमा उनले कति जनालाई मारेका थिए भन्ने स्पष्ट लेखिएको थियो। उनले न्यायाधीशसमक्ष दिएको बयानमा आफू सानै छँदा दुई छिमेकीबाट बलात्कृत भएको र ठूलो भएपछि बुवाले धेरै कुटपिट गर्ने गरेको बताएका थिए। सम्भवतः यही मानसिकताका कारण उनमा अपराधी प्रबृति देखा परेको हुनसक्ने मनोविद्धहरुले जनाएका थिए ।
अक्टोबर २०२१ मा नेसनल प्रिजन इन्स्टिच्युटले राम्रो आचरणको आधारमा लुइसलाई रिहा गर्न अदालतका न्यायाधीशलाई अनुरोध गरेको थियो। तर न्यायधिशले पीडित परिवारलाई ३१ लाख रुपैयाँ क्षतिपूर्ति नदिँदासम्म रिहा हुन नसक्ने बताएका छन्। तर, उनले त्यसको व्यवस्था पनि गरिसकेकाले अब उनी २० बर्षमा रिहाई हुन सक्ने जनाएको छ।





























प्रतिक्रिया