भारतले हाल जी २० देशको अध्यक्षता गरिरहेको छ। यसै क्रममा सेप्टेम्बरमा भारतको आयोजनामा जी २० शिखर सम्मेलन आयोजना हुनेछ। यसमा धेरै देशका नेताहरुको सहभागिता रहनेछ।
यसैबीच,जी २० शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडेन सहभागी हुने जानकारी आएको छ। ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले मंगलबार पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन्। उनले राष्ट्रपति बाइडेन सेप्टेम्बर ७ देखि १० सम्म भारत भ्रमण गर्ने जानकारी दिए।
ह्वाइट हाउसका प्रेस सेक्रेटरी करिन जीन पियरेले पनि जो बाइडेनको भारत भ्रमणको सन्दर्भमा एक विज्ञप्ति जारी गरेका छन्। विज्ञप्तिमा भनिएको छ कि जी २० शिखर सम्मेलनमा उनले अन्य नेताहरूसँग युक्रेन द्वन्द्व लगायतका धेरै विश्वव्यापी चुनौतीहरूबारे छलफल गर्नेछन्। यसका साथै बाइडेनले जी २० मा प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वको पनि प्रशंसा गर्नेछन्।
विज्ञप्ति अनुसार राष्ट्रपति बिडेन र जी २० साझेदारहरूले स्वच्छ ऊर्जा संक्रमण र जलवायु परिवर्तन विरुद्ध लड्न र युक्रेन द्वन्द्वको आर्थिक र सामाजिक प्रभावहरूलाई कम गर्ने जस्ता विश्वव्यापी मुद्दाहरूलाई सम्बोधन गर्न धेरै संयुक्त प्रयासहरू छलफल गर्नेछन्।





























प्रतिक्रिया