मलेसियाद्वारा पाकिस्तानी पाईलट प्रतिबन्ध

मलेसियाद्वारा पाकिस्तानी पाईलट प्रतिबन्ध

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

यूरोपियन युनियन बेलायत र खाडी देशहरुपछि मलेसियाले अब पाकिस्तानका पाईलटहरुलाई प्रतिबन्ध लगाएको छ । सीएएमले शुक्रबार विज्ञप्ति जारी गर्दै जानकारी दिएको हो । विज्ञप्तिमा भनेका छन् ‘हामी पाकिस्तानी इन्टरनेसनल एयरलाइन्सको बारेमा आएको जानकारीका बारे चिन्तित छौं । हामी यी पाइलटहरुलाई प्रतिबन्धित गर्दैछौं ।’

सीएएमका सीईओ क्याप्टेन चेस्टर वूले भने, ‘हामीले यस विषयमा अध्ययन गरिरहेका थियौं । पाकिस्तानी उड्डयन मन्त्री गुलाम सरवार खानले संसदमा पाकिस्तानका ४० प्रतिशत पाईलटहरुको इजाजतपत्र (लाइसेन्स) नक्कली भएको कुरा स्वीकारिसकेका छन् । पाकिस्तानमा १०७ पाईलट विदेशी एयरलाइन्स कम्पनीहरुमा काम गर्छन् ।’

मलेसिया उड्डयन प्राधिकरणले बयानमा थप्दै भनेका छन्, ‘पाकिस्तान नागरिक उड्डयन प्राधिकरणको बारेमा आउँदै गरेका विषयहरुका बारे गम्भिर भई सोच्न आवश्यक छ । हालसालै धेरै देशहरुले पीआईए र यसका चालकहरुलाई प्रतिबन्ध लगाएका छन् । हामी तुरुन्त उडानहरु रोक्दैछौं । हामी हाम्रो स्तरमा केही पाईलटहरुको इजाजतपत्र पनि जाँच गर्नेछौं ।’

त्यस्तै कुवेत, इरान, जोर्डन, युएई जस्ता देशहरुले पहिले नै पीआईए र पाकिस्तानी पाईलटलाई प्रतिबन्ध लगाईसकेका छन् । त्यसपछि भियतनाम र बेलायतले पनि बन्द गर्ने निर्णय लिए । अब मलेसिया पनि यस सूचीमा सामेल भएको छ ।

पीआईए विमान २२ मे मा कराँचीमा दुर्घटनाग्रस्त भएको थियो । यसको अनुसन्धान रिपोर्ट २५ जुनमा संसदमा पेश गरिएको थियो । अनुसन्धानका अनुसार, दुर्घटना पाईलटहरुको गल्तीका कारण भएको देखिएको थियो । पीआईएमा ८६० पाईलटहरु छन् । जसमा २६२ जनाको इजाजतपत्र नक्कली सावित भएको छ ।

Logo