यी हुन भारतको पहिलो अन्तरिक्ष यात्री

यी हुन भारतको पहिलो अन्तरिक्ष यात्री

केन्द्रबिन्दु
0
Shares

भारतको चन्द्रयान-३ को सफलताको उत्सवमा सिङ्गो देश डुबेको छ। इशरोले चन्द्रमामा सफल अवतरण गराएपछि सारा संसारमा तहल्का मच्चाएको छ।

अन्तरिक्षमा हासिल गरेको ठूलो सफलताले राकेश शर्मालाई फेरि चर्चामा ल्याएको छ। राकेश शर्मा भारतका पहिलो अन्तरिक्ष यात्री थिए। तर आज उनी कहाँ छ,के गरिरहेको छन्? आउनुहोस्, जानौँ। 

भारतका अन्तरिक्ष यात्री राकेश शर्माको जन्म १३ जनवरी १९४९ मा पटियाला पञ्जाबमा भएको थियो। उनले १९७१ को भारत–पाकिस्तान युद्धमा भाग लिएर भारतीय वायुसेनामा भर्ती भएका थिए।

राकेश शर्मा सन् १९८२ मा रुस-भारत अन्तरिक्ष अभियानमा सहभागी भएर सन् १९८४ मा अन्तरिक्ष यात्रामा निस्केका थिए। उनले ७ दिन २१ घण्टा अन्तरिक्षमा समय बिताएका थिए।

राकेश शर्मा अन्तरिक्षबाट फर्किएर फेरि वायुसेनामा भर्ना भए। १९८७ सम्म त्यहाँ काम गरे। त्यसपछि सन् १९८७ मा विङ कमाण्डरको पदबाट अवकाश लिए। त्यसपछि उनी हिन्दुस्तान एरोनटिक्स लिमिटेड (एचएएल)मा आवद्ध भए।

राकेश शर्मा हाल संसारको लाइम लाइटबाट टाढा तमिलनाडुको कुन्नूरमा आफ्नी पत्नी मधुसँग बस्दै आएका छन्। शर्मा अन्तरिक्ष यात्री चयन कार्यक्रम सञ्चालन गर्ने गगन यानका लागि इशरोका राष्ट्रिय सल्लाहकार परिषद्को एक हिस्सासमेत रहेका थिए।

राकेश शर्माले इसरोको गगनयान मिसनमा राष्ट्रिय अन्तरिक्ष सल्लाहकार परिषद्मा काम गरेका थिए। समाचारको हेडलाइनमा नपर्दा उनी आज इतिहासको पानामा सिमित छन्।

सन् २०२१ मा शर्मा बेंगलुरुस्थित कम्पनी क्याडिला ल्याब्सका गैर कार्यकारी अध्यक्ष थिए। यो कम्पनीले विशेष गरी बीमा क्षेत्रका कम्पनीहरूको लागि खुफिया स्वचालन प्रदान गर्न काम गर्दछ।

Logo