ट्रम्पको ‘मग शर्ट तस्विर’सहित छापिएकाे टि सर्टहरूकाे माग अत्याधिक

ट्रम्पको ‘मग शर्ट तस्विर’सहित छापिएकाे टि सर्टहरूकाे माग अत्याधिक

केन्द्रबिन्दु
0
Shares

पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ऐतिहासिक ‘मग शर्ट’ प्रिन्ट गरिएको समानको माग अचाक्ली देखिएको छ।

जर्जियाको एक जेल जीवन बिताएका ट्रम्पको त्यहाँको अदालतले ‘मगशर्ट’ सार्बजनिक गरे पछि टी-शर्ट, शट चश्मा, मग, पोस्टर र बबलहेड पुतलीजस्ता समानमा प्रिन्ट गरेर बजारमा ल्याइएको थियो,जुन अत्याधिक मात्रामा बिक्रि भएको छ।

रातो टाई, चम्किलो कपाल, र घाँटी राती टाई लगाईएको ट्रम्पको ‘मग शर्ट’ प्रिन्ट गरेर समानहरु बजार लगिएको थियो, केही समयमा नै त्यो उच्च मागको रुपमा बिक्रि भएको अमेरिकन स्टोरका साहुहरुले बताएका छन्। 

रिपब्लिकन राष्ट्रपति ट्रम्पमाथि परेका एक दर्जन भन्दा बढी अपराधको आरोपमा उनलाई गत शुक्रवार पक्राउ गरिएको थियो,जो जुन २०२० को चुनावलाई उल्टाउने प्रयासबाट उत्पन्न भएको आपराधिक मुद्दाको अंश हो।

उनका समर्थकहरू र अभियान प्रबन्धकहरूले उनको गिरफ्तारीलाई पुर्वाग्रह भन्दै आएका छन, उनीहरुको तर्क छ कि ट्रम्प माथीको मुद्दा राजनीतिक प्रेरित रहेका छन्।

ट्रम्पको सेभ अमेरिका कोष सङ्कलन समितिले ‘कहिल्यै आत्मसमर्पण नगर्नुहोस्’ भन्दै लेखिएको ‘मग शट’ टी- शर्टहरू ३४  डलर, पेय पदार्थहरू १५ डलर, कफी मगहरू २५ डलरमा बिक्रीमा राखिएको थियो। 
 
उनका छोरा डन जूनियरले ‘फ्री ट्रम्प मग शट’ को टी-शर्टहरू २९ र पोस्टरहरू १९ डलरमा बजारमा लगेका छन्। लस एन्जलसमामा कुनै पनि अभियानसँग असंबद्ध स्टोरहरूले शुक्रबार देखी ट्रम्पको तस्विर छापिएको  टि सर्ट बेच्न  सुरु गरिसकेको छ।

Logo