तमिलनाडुको मदुरै रेलवे स्टेशनमा लखनउ–रामेश्वरम पर्यटकीय रेलको एक निजी डब्बामा भीषण आगलागी हुँदा ९ जनाको मृत्यु भएको छ। रेलवे अधिकारीका अनुसार कोचमा केही व्यक्तिले अवैध रूपमा ग्याँस सिलिण्डर बोकेर हिँडिरहेका थिए।
यसअघि ग्यास सिलिन्डर विस्फोट हुँदा कोचभित्र केही व्यक्ति चिया बनाउँदै गरेको थाहा भएको थियो । घटनास्थलमा दमकल पुगेर आगो निभाउने काम सुरु गरिएको छ।
अनुसन्धानपछि मात्रै ठोस कुरा भन्नु उचित हुने अधिकारीको भनाइ छ। घटना हुँदा ट्रेन मदुरै जंक्शनमा रोकिएको थियो। अधिकारीहरुका अनुसार केही यात्रुहरु अवैध रुपमा ग्याँस सिलिन्डर लिएर कोचमा प्रवेश गरेका थिए।
यस दुर्घटनाको भिडियो पनि सार्वजनिक भएको छ,जसमा कोचमा आगो बलिरहेको र त्यसबाट आवाज पनि आइरहेको देख्न सकिन्छ। शनिबार बिहान ५ः१५ बजे निजी बसमा आगलागी भएको जानकारी प्राप्त भएको अधिकारीहरुले बताएका छन्।
घटनास्थलमा आगो नियन्त्रणको प्रयास भए पनि ७ः१५ बजे आगो निभाउन सफल भएको थियो। आगलागीबाट अन्य कुनै पनि कोचमा क्षति पुगेको छैन। आगलागी भएको कोच नागरकोइल जंक्शनमा जोडिएको थियो। आगो निभाएपछि कोचलाई मदुरैकै स्टेबलिङ लाइनमा राखिएको छ।





























प्रतिक्रिया