बेलायतमा एयर ट्राफिक कन्ट्रोलमा प्राविधिक समस्याका कारण धेरै उडानहरू ढिलाइ भएका छन्।
यस सम्बन्धमा पूर्व सूचनासमेत जारी गरिएको छ। बीबीसीका अनुसार बेलायतको राष्ट्रिय हवाई यातायात सेवाले साे सम्बन्धनमा जानकारी दिँदै भनेकाे थियाे,‘प्राविधिक समस्याको सामना गरिराखेका छौँ, त्यस अवस्थामा उडानहरू ढिलो हुन सक्छ।’
समाचार अनुसार इन्जिनियरहरू त्रुटि पत्ता लगाउन र समाधान गर्ने काम गरिरहेका छन्। साथै यात्रुहरुलाई ‘यसबाट पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौँ’ भनिएको छ।
रिपोर्टहरुका अनुसार बेलायतको नेसनल एयर ट्राफिक सर्भिसले कस्तो प्रकारको प्राविधिक गडबडी भएको छ र त्यसलाई सच्याँउन कति समय लाग्न सक्छ भन्ने जानकारी दिएको छैन।





























प्रतिक्रिया