इराकमा ट्रकसँग बस ठोक्किँदा ९ इरानी तिर्थयात्रीको मृत्यु

इराकमा ट्रकसँग बस ठोक्किँदा ९ इरानी तिर्थयात्रीको मृत्यु

केन्द्रबिन्दु
0
Shares

इराकको दक्षिणी सहर नासिरियामा ट्रकसँग बस ठोक्किँदा ९ इरानी तीर्थयात्रीको मृत्यु भएको छ।

समाचार अनुसार यस भयानक दुर्घटनामा दर्जनौँ व्यक्ति घाइते भएका छन्। इरानमा बसोबास गर्ने यी सबै तीर्थयात्रीहरू बसमा शिया मुस्लिमहरूको पवित्र सहर कर्बला जाँदै थिए।

सो क्रममा यात्रुले भरिएको बस ट्रकसँग ठोक्किएको थियो। सो घटनामा  महिला र बालबालिका सहित ३१ जना घाइते भएका छन् भने घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर छ।

Logo