व्यभिचारको आरोपमा पाकिस्तानमा ढुङ्गाले हानेर महिलाको हत्या

व्यभिचारको आरोपमा पाकिस्तानमा ढुङ्गाले हानेर महिलाको हत्या

केन्द्रबिन्दु
0
Shares

पाकिस्तानको पञ्जाब प्रान्तमा यौन ब्यभिचार गरेको आरोपमा एक महिलालाई ढुङ्गाले कुचेर हत्या गरिएको छ। यो घटना लाहोरबाट करिब ५०० किलोमिटर टाढा रहेको पञ्जाबको राजनपुर जिल्लामा घटेको प्रहरीले जनाएको छ।

पाकिस्तानी प्रहरीका अनुसार महिलाका श्रीमानले उनीमाथि अन्य पुरुषसँग यौन सम्बन्ध राखेको आरोप लगाएका थिए। शुक्रबार ती व्यक्तिले आफ्ना दुई दाजुभाइसँग मिलेर महिलालाई सुरुमा रुखमा बाँधे अनि ढुङ्गाले हानीहानी हत्या गरे। 

ढुङ्गाले हिर्काउनुअघि उनीहरुले ती महिला निर्मम यातना समेत दिएका थिए। अपराध गरेपछि दुवै दाजुभाइ फरार छन्। उनीहरु पञ्जाब र बलुचिस्तानको सीमा क्षेत्रमा लुकेर बसेको बताइएको छ।

महिला राजनपुरको अल्कानी जनजातिकी हुन्। पाकिस्तानमा हरेक वर्ष इज्जतको नाममा धेरै महिलाको हत्या हुने गरेको छ। मानव अधिकारकर्मीका अनुसार पाकिस्तानमा हरेक वर्ष करिब एक हजार महिलाको 'अनर किलिंग'को नाममा हत्या हुने गरेको छ। 

पीडितहरूले आफ्नो इच्छा विपरीत विवाह वा याैन सम्बन्ध राखेर परिवारलाई अपमानित तुल्याएको विश्वास गरिन्छ।यस्ता हत्यामा प्रायः परिवारका सदस्यको हात रहेको हुन्छ।

Logo