अमेरिकी राष्ट्रपति जो बाइडेन भोली भारत आउँदैछन्। जी-२० शिखर सम्मेलनमा सहभागी हुनका लागि अमेरिकन राष्ट्रपति वाइडेन भोली बिहीबार भारत आउन लागेका हुन्।
अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार (एनएसए) जेक सुलिभानले ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन्। उनले भारत भ्रमणका क्रममा राष्ट्रपति वाइडेनले प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् भने राष्ट्रपति द्रौपदी मुर्मुसँग पनि भेटवार्ता गर्नेछन्।
भारत आउने अन्तिम तयारीमा रहेका राष्ट्रपति वाइडेनको कोभिड-१९ परीक्षणको रिपोर्ट नेगेटिभ आएको जनाईएको छ। अमेरिकाकी प्रथम महिला ७२ वर्षीय जिल वाइडेनलाई सोमबार कोभिड पोजिटिभ भेटिएपछि ८० वर्षीय वाइडेनको सोमबार र मंगलबार परीक्षण गरिएको थियो। उनको रिपोर्ट नेगेटिभ आएको थियो।
जेक सुलिभानले भने कि बिहीबार राष्ट्रपति वाइडेन जी २० शिखर सम्मेलनमा भाग लिन नयाँ दिल्ली जानेछन्। शुक्रबार उनी प्रधानमन्त्री मोदीसँग द्विपक्षीय बैठकमा सहभागी हुनेछन् भने शनिबार र आइतबार जी-२० शिखर सम्मेलनको आधिकारिक सत्रमा सहभागी हुनेछन्।





























प्रतिक्रिया