अमेरिक कम्युनिष्ट पार्टीले ‘साम्राज्यवादी’ भन्दै जलाए आफ्नै देशको झण्डा

अमेरिक कम्युनिष्ट पार्टीले ‘साम्राज्यवादी’ भन्दै जलाए आफ्नै देशको झण्डा

केन्द्रबिन्दु
0
Shares

अमेरिकन कम्युनिष्ट क्रान्तिकारीहरूको समूहले शिकागोमा जेसन एल्डियन कन्सर्ट बाहिर धेरै अमेरिकी झण्डाहरू जलाएका छन्।

फक्स न्युजका अनुसार कम्युनिष्ट प्रदर्शनकारीहरूले अमेरिकामा मार्क्सवादी क्रान्तिमा विश्वास गर्ने रेभकम (क्रान्तिकारी कम्युनिष्ट पार्टी) को बारेमा चेतना जगाउने क्रममा  आफ्नो राष्ट्रको झण्डा जलाएका हुन्। उनीहरुले अमेरिकी शाषकलाई ‘जनावरपेट’ समेत भनेका छन्। 

रेभकमका कार्यकर्ताहरूले अमेरिकी झण्डा जलाएपछि पुलिसले सो कार्यलाई ‘गैरकानुनी’ भनेको छ। उनीहरुको सभालाई गैरकानुनी घोषणा गर्दै यस्तो कार्य र उनीहरुको यस्तो खाले सक्रियताले धेरैलाई चिन्तित र विचलित बनाएको प्रारम्भिक प्रतिक्रिया दिएको छ।

‘क्रान्तिकारी कम्युनिष्ट पार्टीले विश्व क्रान्तिको प्रमुख अंश र साम्यवादको अन्तिम उद्देश्यका लागि साम्राज्यवादी अमेरिकाविरुद्ध क्रान्तिको नेतृत्व गर्ने जिम्मेवारी लिएको छ’ सो पार्टीको वेबसाइटमा लेखिएको छ। सो समूहको घोषणापत्रले माओको ‘वैज्ञानिक विधि’ को प्रयोग र सांस्कृतिक क्रान्तिका केही पक्षहरूलाई विश्वास गरेको जनाउँदै चीनमा भएको माओकालिन सांस्कृति क्रान्तिको प्रशंशा गरेको छ।

‘हामीले यो एउटा सानो शहरमा प्रदर्शन गर्यौँ,’ केहीले अमेरिकी झण्डा जलाएपछि रेभकम्सका कार्यकर्ताले भने। प्रदर्शनकारीहरूले आलोचकहरूले हालै आएको एल्डियनको गीतलाई उल्लेख गर्दै भने,‘अब तपाईंहरु पनि आ-आफ्नो शहरमा यस्तो प्रयास गर्नुहोस् अनि धनी र गरिबबीचको ठुलो खाडल अन्त्य गर्न सहयोग गर्नुहोस्।

Logo