बेलायती प्रधानमन्त्रीको सादगीपन, जुन सामाजिक सञ्जालमा भाइरल बन्यो

बेलायती प्रधानमन्त्रीको सादगीपन, जुन सामाजिक सञ्जालमा भाइरल बन्यो

केन्द्रबिन्दु
0
Shares

यो तस्बिर हेर्दा लाग्छ, यो सामान्य जोडीको तस्बिर हो । आइतबारदेखि सामाजिक सञ्जालमा निकै चर्चा कमाइरहेको छ यो जोडीको तस्बिरले । 

तस्बिर हेर्दा जति सामान्य तस्बिर देखिन्छ, त्यति सामान्य जोडीको भने होइन । तस्बिरमा  सामान्य साधारण देखिएको जोडी हो, बेलायतका प्रधानमन्त्री भारतीय मूलका ऋषी सुनक र उनकी पत्नी अक्षता मूर्ति । जुन तस्बिरलाई धेरै नेपालीले पनि सामाजिक सञ्जालमा शेयर गरिरहेका छन् । 

साथै यस तस्बिरमा देखिएको उनीहरुको पहिरन र संस्कारलाई लिएर निकै तारिफ पनि भईरहेको छ । कतिपयले भनेका छन्, ‘संस्कार, सभ्यता जहिलेपनि  सरलतामा झल्किन्छ, नेपाली नेताहरुले पनि पाठ सिक्नुपर्छ ।’

भारतीय सञ्चार माध्यमका अनुसार तस्बिरको सन्दर्भ हो, भारतको नयाँदिल्लीमा अवस्थित स्वामिनारायण अक्षरधाम मन्दिर दर्शन गर्न जाँदाको । जहाँ  सुनक उनकी श्रीमती अक्षता सहित मन्दिर दर्शन गर्न पुगेका थिए । सामाजिक सञ्जालमा भाइरल तस्बिरमा सुनक सेतो सादा सर्ट र पाइन्टमा छन् भने उनी पत्नी अक्षतापनि साधारण कुर्था सुरुवालमा छिन् । दुवैजनाले नमस्कार गरिहेका छन् । तस्बिर सामाजिक सञ्जालमा भाइरल हुनुको कारण उनीहरुको पहिरन र संस्कार देखिन्छन् । 

बेलायतका प्रधानमन्त्री सुनक जी–२० शिखर सम्मेलनमा सहभागी हुन पत्नीसहित भारत आएका थिए । 

Logo