कोरोनाबाट विश्वमा पाँच लाख १३ हजार बढीको मृत्यु, संक्रमित कति ?

कोरोनाबाट विश्वमा पाँच लाख १३ हजार बढीको मृत्यु, संक्रमित कति ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख १३ हजार १७२ पुगेको छ । साथै विश्वभर १ करोड ५ लाख ७६ हजार ९०६ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्वारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ ।

प्राप्त समाचार अनुसार कोरोना भाइरसका कारण बिरामी भएका ५७ लाख ८८ हजार ३१७ जना निको भएका छन् । चीनको हुबेइ प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बर अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।

डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र २७ लाख जना कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख २९ हजार वढी व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा २२ लाख कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ८३ हजार ६७१ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ३१ लाख २९ हजार ४२६ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ६७ हजार ६०२ जनाको मृत्यु भएको छ ।

युरोपमा २४ लाख २९ हजार ९५१ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ९१ हजार ३८ को मृत्यु भएको छ । एसियामा २२ लाख ६० हजार ५४१ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ५५ हजार ८८४ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा ३ लाख ९६ हजार ३१४ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ९ हजार ९१४ जनाको मृत्यु भएको छ । ओसियानामा ९ हजार ४७६ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२६ जनाको मृत्यु भएको छ ।

Logo