महाअभियाेग बारे बाइडेनले भने-‘आरोपहरू निराधार छन्’

महाअभियाेग बारे बाइडेनले भने-‘आरोपहरू निराधार छन्’

केन्द्रबिन्दु
0
Shares

अमेरिकी राष्ट्रपति जो बाइडेनविरुद्ध महाभियोगको छानबिन सुरु भएको छ। 

अमेरिकी संसदमा उनको विपक्षी दल रिपब्लिकनले उनलाई बाइडेनले आफ्ना छोरा हन्टर बाइडेनको व्यापारिक सम्झौताको बारेमा अमेरिकी जनतालाई झूट बोलेको आरोप लगाए। बुधबार ह्वाइट हाउसले विपक्षी दल रिपब्लिकनका आरोपहरूलाई अस्वीकार गर्दै 'निराधार' भनेको छ।

जो बाइडेनलाई अनुसन्धानका सम्बन्धमा केही प्रश्न सोधे पनि बाइडेन पत्रकारहरूकाे प्रश्नमा मौन रहेिदिएका छन्। बाइडेनका प्रवक्ताले भने कि यो अनुसन्धान बाइडेनका राजनीतिक शत्रुहरूको काम हो। 

अमेरिकी राष्ट्रपतिका प्रेस सेक्रेटरी करिन जीन पियरेले पत्रकारहरूसँग भने,  ‘उनीहरू (रिपब्लिकन) ले राष्ट्रपतिमाथि अनुसन्धान गर्न पूरै वर्ष बिताए र कुनै प्रमाण फेला पारेनन्। राष्ट्रपतिले केही गलत गरेनन्।'  जीन पियरेले थप भने,'रिपब्लिकनहरूसँग सदनमा पर्याप्त समर्थन पनि छैन। यो राजनीतिक षड्यन्त्र मात्रै हाे।'

Skip This
Skip This
Logo