पाकिस्तानमा ७० वर्षकी वृद्धासँग ३५ वर्षिया युवकको विहेको चर्चा चुलियो

पाकिस्तानमा ७० वर्षकी वृद्धासँग ३५ वर्षिया युवकको विहेको चर्चा चुलियो

केन्द्रबिन्दु
0
Shares

तपाईंले सामाजिक सञ्जालमा अनौंठो विवाह देख्नु भएको होला। जसमा प्रेमीले आफ्नो प्रेमीलाई मनाउन हरसम्भव प्रयास गर्छ। 

तर यो समाचार सामाजिक सञ्जालका समाचारहरूभन्दा केही फरक हुन सक्छ। हो, यो ३५ वर्षकी दुलहाले ७० वर्षकी वृद्धासँग विवाह गरेको कुरा हो। यो समाचार पाकिस्तानको हो। यो विवाहले फेरी चर्चा पाएको छ। 

३५ वर्षका नईम शहजाद आफ्नो उमेरभन्दा दोब्बर महिलासँग प्रेममा परेका थिए। उनले क्यानडाकी ७० वर्षीया मेरीसँग फेसबुकमार्फत भेट गरेका थिए। यी दुईबीचको मित्रता यतिसम्म बढ्यो कि उनीहरु एकअर्काको प्रेममा पर्न थाले। त्यो मायाको ज्वरोले ७० वर्षकी मेरी र नईम शहजादको बिबाहमा परिणत गराउने कार्य गरयो।

पाकिस्तानका नइमले सन् २०१२ मा फेसबुकमार्फत दुवै नजिक भएको बताए। दुवैले लगातार ३ वर्ष एकअर्कालाई बुझेका थिए। सन् २०१५ मा क्यानडाकी ७० वर्षीया मेरीले उनलाई प्रपोज गरेकी थिइन्।तर, दुवैले सन् २०१७ को अगस्टमा क्यानडामा विवाह गरेका थिए। तर यही क्रममा नइमले भिसासम्बन्धी समस्या झेल्न थाले। जसका कारण दुवै क्यानडामा सँगै बस्न सकेनन्।

७० वर्षीया मेरी हालै पहिलो पटक पाकिस्तान गएकी थिइन्। यसै क्रममा मेरीले नइमसँग पाकिस्तानमै बस्ने निर्णय गरेकी छिन्। केहीले नइमको यो निर्णयलाई भिसा प्राप्त गर्ने तरिकासँग जोडिरहेका छन्। तर, नइमले यी सबै आरोप निराधार भएको बताएका छन्।

उनीहरुको सम्बन्धको बारेमा कुरा गर्दै पाकिस्तानका नईम भन्छन्, मेरी मानसिक रूपमा विचलित थिइन्। उनी निकै बूढो भइसकेका छिन्। उनी आर्थिक रुपमा पनि कमजोर छिन्। मामूली पेन्सनमा मात्रै बाँचेकी छिन्। हामी बीचको उमेरको भिन्नता के हो? मलाई मतलब छैन। अब मरियम मेरी पत्नी हो।’ उनीहरुको घरमा महँगो सामान नरहेको र उनीहरु दुबैले सामान्य जीवन बिताइरहेकोसमेत उनले बताए।

Skip This
Skip This
Logo