रुसी विदेश मन्त्रीको आरोप-‘जेलन्स्की संसारभरबाट पैसा र हतियार मागिरहेका छन्’

रुसी विदेश मन्त्रीको आरोप-‘जेलन्स्की संसारभरबाट पैसा र हतियार मागिरहेका छन्’

केन्द्रबिन्दु
0
Shares

रुस र युक्रेनविरुद्ध संघर्ष जारी छ। दुवै देश एकअर्काविरुद्ध आक्रामक रहेका छन्। 

यसैबीच संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क पुगेका रुसी विदेशमन्त्रीले सो युद्धका बारेमा टिप्पणी गरेका छन्। सो क्रममा उनले युक्रेन र अमेरिकामाथि खुलेर आक्रमण गरेका छन्।

उनी भन्छन्, ‘जेलेन्स्की शान्ति प्रक्रियामा मुलुकलाई लैजान भन्दा पनि उनी संसारभर पैसा र हतियार मात्र मागिरहेका छन्।’ शनिबार संयुक्त राष्ट्र संघको महासभा पछि पत्रकार सम्मेलनमा बोल्दै रुसी विदेशमन्त्री सर्गेई लाभरोभले युक्रेनले शान्तिका लागि गरेको आह्वान यथार्थपरक नभएको बताए।

‘जेलेन्स्कीले रुससँगको वार्ता अवरुद्ध गर्न खोजेका छन तर रूस भने युक्रेनी सरकारसँग वार्ता गर्न तयार छ। यति हुँदाहुँदै पनि जेलेन्स्कीले संसारभरि पैसा र हतियारको लागि मात्र सोधिरहेको छ।’ लाभरोभले युक्रेनलाई समर्थन गर्ने सरकारहरू अहिले विश्वलाई नै लोकतन्त्र र निरंकुशतामा विभाजन गर्ने प्रयासमा संलग्न रहेको बताए। 

अमेरिका र त्यसका मातहतका पश्चिमी समूहहरूले निरन्तर द्वन्द्वलाई बढावा दिइरहेकाे उनकाे थप आराेप छ। यसले मानवतालाई विभाजित गर्ने रूसकाे भनाइ छ। उनले आर्मेनिया र अजरबैजानबीच विश्वास पूनर्स्थापित गर्ने समय आएको बताए। रूसी सेना यसका लागि तयार छ र मद्दत गर्नेछ भन्न पनि छुटाएनन्।

Skip This
Skip This
Logo