अष्ट्रेलिया सरकारले समूहमा आफ्नो भूमिमा भ्रमणमा आउने चिनियाँ नागरिकलाई प्रवेशाज्ञा (भिसा)जारी गर्ने प्रक्रिया पुनः सुरु गरेको छ।
व्यापार एवं पर्यटन मन्त्री डन फारेलका अनुसार स्वीकृत गरिएका गन्तव्यमा चिनियाँ पर्यटकलाई भिसा जारी गरिने छ। कोरोना महामारीपछि पहिलो पटक भिसा जारी गर्ने प्रक्रिया पुनः सुरु गरिएको हो।
यात्रा व्यवस्थापन गर्ने चिनियाँ र अष्ट्रेलियाको पर्यटन उद्योगको समन्वयमा काम थालिएको मन्त्री फारेलले सोमबार एक विज्ञप्ति निकालेर बताएको हो। दुवै देशका सरकार र पर्यटन उद्योगीबीच आवश्यक सम्झौता गरेर प्रक्रिया अघि बढाइएको जानकारी उनले दिएका छन्।
चीनलगायत संसारका कुनै पनि देशबाट अष्ट्रेलियाको भ्रमण गर्नेलाई विश्वस्तरीय पर्यटन सेवा उपलब्ध गराउन सरकार तयार रहेको बताउँदै मन्त्री फारेलले पर्यटकलाई स्वागत गर्न व्यवसायीहरू उत्सुक रहेका उल्लेख गरेका छन्। यसैबीच, कोरोना महामारीअघि सन् २०१९ मा १४ लाख चिनियाँले अष्ट्रेलिया भ्रमण गरेका अष्ट्रेलियाको पर्यटन विभागले जनाएको छ।





























प्रतिक्रिया