कोरोना विश्व अपडेट, के छ आजको अवस्था ?

कोरोना विश्व अपडेट, के छ आजको अवस्था ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख ४ हजार ५१० पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर १ करोड २ लाख ४३ हजार ८५८ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्वारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ ।

प्राप्त समाचार अनुसार कोरोना भाइरसका कारण बिरामी भएका ५५ लाख ५३ हजार ४९५ जना निको भएका छन्। हाल विश्वभरमा कोरोना भाइरस संक्रमित करिब ४१ लाख ८५ हजार ९५३ व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५७ हजार ३९१ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको हुबेइ प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र २६ लाख जना कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख ३० हजार व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा २० लाख ५० हजार जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ८० हजार जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ३० लाख जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ६५ हजार जनाको मृत्यु भएको छ ।

युरोपमा २५ लाख कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ९१ हजार जनाको मृत्यु भएको छ । एसियामा २१ लाख ५० हजार जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ५३ हजार जनाको मृत्यु भएको छ ।

अफ्रिकामा ४ लाख जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १० हजार जनाको मृत्यु भएको छ । ओसियानामा १० हजार जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १५० जनाको मृत्यु भएको छ ।

Skip This
Skip This
Logo