माल्दिभ्सको राष्ट्रपतिमा ४५ वर्षीय मोहम्मद मुइज्जु निर्वाचित भएका छन् । बहालवाला राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहलाई हराउँदै मुइज्जु निर्वाचित भएका हुन् ।
माल्दिभ्सको प्रोग्रेसिभ पार्टी अफ माल्दिभ्स (पिपीएम) का उम्मेदवार मोहम्मद मुइज्जुले शनिबार भएको निर्वाचनमा सोलिहलाई पराजित गरेका हुन् । पहिलो चरणमा कुनै पनि उम्मेदवारले स्पष्ट जित हासिल नगरेपछि दोस्रो चरणको मतदानमा उनले जित हात पारे ।
लोकतन्त्र सुदृढ भइनसकेको हिन्द महासागरको टापु राष्ट्र माल्दिभ्सले चीनसँगको नयाँ र भारतसँगको परम्परागत सम्बन्धलाई अब कसरी अघि बढाउँछ भन्नेमा धेरैको चासो बढेको छ । राजनीतिक विश्लेषकहरूले नवनिर्वाचित राष्ट्रपति मोहम्मद मुइज्जुको कूटनीतिक परीक्षण हुने बताएका छन् ।
नेता मुइज्जु चिनियाँ ऋण स्वागत गर्ने र यसअघि सत्तामा हुँदा असहमतमाथि दमन गर्ने व्यक्तिका रुपमा परिचित छन् ।





























प्रतिक्रिया