हमास-इजरायल युद्धमा ४ अमेरिकी मारिएको पुष्टी

हमास-इजरायल युद्धमा ४ अमेरिकी मारिएको पुष्टी

केन्द्रबिन्दु
0
Shares

इजरायल र प्यालेस्टाइनबीच जारी युद्धका कारण अहिलेसम्म सयौंको ज्यान गइसकेको छ। यस युद्धले निम्त्याएको विनाशले सबैलाई हल्लाएको छ।

अन्तर्राष्ट्रिय मिडियाका अनुसार यस युद्धमा अहिलेसम्म १ हजार भन्दा बढीको ज्यान गएको छ भने हजारौं घाइते भएका छन्। गत शनिबार देखी सुरु भएको युद्धमा सयौं अपहरणमा परेका छन्, अझैं त्यसको बिस्तृत बिवरण आइसकेको छैनन्। 

यसैबिच, सीएनएनमा उल्लेख भएको समाचार अनुसार अमेरिकी काँग्रेसका सदस्यहरूले इजरायलमा भएको आक्रमणमा चार अमेरिकी नागरिकको पनि ज्यान गएको बताएका छन्। 
 
संसदको प्रमुख समितिको बैठकमा उक्त जानकारी दिइएको हो। युद्धमा ज्यान गुमाउने अमेरिकीहरुको संख्या बढ्दै गएको छ,तथ्यांक संकलन गर्ने कार्य जारी रहेको छ। 

उता, इजरायलको हवाई आक्रमणमा १४ प्यालेस्टाइनीको मृत्यु भएको हमासले जनाएको छ। मृत्यु हुनेमा बालबालिका र महिला पनि छन्। यो हवाई आक्रमण गाजाको रफाह क्षेत्रमा गरिएको हो।

Skip This
Skip This
Logo