इजरायल आक्रमणः ज्यान गुमाउनेको संख्या ११ सय नाघ्यो, एकै स्थानमा भेटिए २ सय ६० शव

इजरायल आक्रमणः ज्यान गुमाउनेको संख्या ११ सय नाघ्यो, एकै स्थानमा भेटिए २ सय ६० शव

केन्द्रबिन्दु
0
Shares

इजरायलमा हमासको आक्रमणमा परी ज्यान गुमाउनेको संख्या ११ सय नाघेको छ।

गत शनिबार आक्रमण सुरु भए यता अहिलेसम्म ११ सय मानिसको मृत्यु भएको पुष्टि भएको र १ लाख २३ हजार मानिस विस्थापित भएको संयुक्त राष्ट्रसंघलाई उदृत गर्दै बीबीसीले जनाएको छ।
 
अहिले पनि सातदेखि आठ स्थानमा इजरायलभित्र प्रवेश गरेका बन्दुकधारीले आक्रमण गरिहेको बताइएको छ।  यसैबीच, इजरायली उद्धारकर्मीले संगीत महोत्सव गरिएको स्थानबाट एकै पटक कम्तीमा २६० जनाको शव निकालेका छन्।

राज्यको दक्षिणी भागमा रहेको रेइम नजिक आयोजना गरिएको सुपर नोभा फेस्टिभलमा हमास लडाकुले गरेको आक्रमणमा कम्तिमा २ सय ६० जनाको शव फेला परेको बताएका छन्। 

त्यहाँ आक्रमणपछि मानिसहरू भागाभाग गरेको भिडिओहरू सामाजिक सञ्जालमार्फत सार्वजनिक भएका छन्। इजरायली उद्धार सेवा ‘जिका’ ले खोज तलास गर्दा ठूलो संख्यामा शव फेला परेको र अझै धेरै शव संकलन गर्न बाँकी रहेको जनाएको छ। 

Skip This
Skip This
Logo