वित्तीय संस्थाद्वारा खर्च कटौतीको तयारीदेखि अमेरिकामा दुई करोड संक्रमित भएको अनुमानसम्म (भिडियोसहित)

वित्तीय संस्थाद्वारा खर्च कटौतीको तयारीदेखि अमेरिकामा दुई करोड संक्रमित भएको अनुमानसम्म (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरुमध्ये विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण बैंकिङ क्षेत्रको आम्दानी घट्न थालेपछि बैंक तथा वित्तीय संस्थाहरुले खर्च कटौती गर्ने तयारी गरेका छन् । बैंक संचालकहरुले खर्च कटौती गर्ने दबाव दिन थालेपछि बैंकर्सहरु खर्च कटौतीको तयारीमा जुटेका हुन् ।

त्यस्तै होटल व्यवसायी महासंघले विभिन्न १४ बुँदे माग राखेको छ । कोभिड–१९ को प्रभावले होटेलहरू धरासाही भएको भन्दै संघले आफ्नो माग तत्काल सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी दिएको हो ।

इनअफ इज इनअफका अभियन्ता ईसान अधिकारीले अनसन सुरु गरेका छन् । ललितपुरको पाटन दरबार स्क्वायरमा शुक्रबारदेखि अधिकारीले भ्रष्टाचार रोक्नुपर्ने, संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीको सुरक्षाको ग्यारेण्टी गर्नुपर्ने, अस्पतालको क्षमता वृद्धि गर्नुपर्ने, कोरोना नियन्त्रणको लागि अत्यधिक स्रोत र साधनको प्रयोग गर्नुपर्ने र सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्नुपर्ने जस्ता माग राखेर अनसन सुरु गरेका हुन् ।

त्यस्तैगरी प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक समितिले क्वारेन्टाइनहरुलाई सुरक्षित र व्यवस्थित बनाउन सरकारलाई निर्देशन दिएको छ । शुक्रबार बसेको समितिको बैठकले महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलाई निर्देशन दिएको हो ।

अमेरिकामा कोरोना भाइरसबाट झण्डै दुई करोड मानिस संक्रमित भएको हुन सक्ने अनुमान गरिएको छ । अमेरिकामा संक्रमित भित्रिएदेखि अहिलेसम्म कूल संक्रमितको संख्या दुई करोड पुगेको हुन सक्ने सरकारी स्वास्थ्य अधिकारीहरुले अनुमान गरेका हुन् । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..

Logo