इरानी विदेशी मन्त्रीले भने- ‘दुष्ट इजरायलविरूद्ध एक हुने बेला भयाे’

इरानी विदेशी मन्त्रीले भने- ‘दुष्ट इजरायलविरूद्ध एक हुने बेला भयाे’

केन्द्रबिन्दु
0
Shares

गाजास्थित अस्पतालमा भएको आक्रामणमा परी ५ सय जनाले ज्यान गुमाएपछि इरान सरकार क्रुध भएको छ। अस्पतालमा आक्रामण गरेपछि इरान सरकारले ‘दुष्ट इजरायल’ विरुद्ध विश्वलाई एक हुन आब्हानसमेत गरेको छ। 

गाजा सहरको अल-अहली अरब अस्पतालमा ५०० भन्दा बढी निर्दोष महिला र बालबालिकाको नरसंहारपछि इरानी विदेशमन्त्री होसेन अमीराब्दुल्लाहियानले इजरायलविरुद्ध विश्वभर एकजुट हुन आमजनतालाई आह्वान गरेका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘अस्पताल बम बिष्फोटमा जियोनिस्ट शासनको भयानक अपराध र एक हजार भन्दा बढी निर्दोष महिला र बालबालिकाको नरसंहारपछि आईएसआईएस भन्दा पनि घृणा गरिएको यो नक्कली शासनविरुद्ध विश्वव्यापी एकताको समय आएको छ।’ 

Logo