‘विश्व अर्थतन्त्रमा ४.९ प्रतिशतको गिरावट आउँछ’ : अन्तर्राष्ट्रिय मुद्रा कोष

‘विश्व अर्थतन्त्रमा ४.९ प्रतिशतको गिरावट आउँछ’ : अन्तर्राष्ट्रिय मुद्रा कोष

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले अर्थतन्त्रमा ४.९ प्रतिशतको गिरावट आउने अनुमान गरेको छ । कोरोना भाइरसको महामारीका कारण अधिकांश मुलुकहरुले गरेको लकडाउनका कारण आर्थिक गतिविधि ठप्प भएपछि विश्वको अर्थतन्त्रमा गिरावट आउने आइएमएफको भनाइ छ । यो तथ्यांक गत अप्रिलमा जारी भएको आइएमएफकै वर्ल्ड इकोनोमिक आउटलुकमा गरिएको अनुमानभन्दा थप १.९ प्रतिशत कम हो ।

कोभिड १९ महामारीका कारण २०२० को पहिलो ६ महिनाको आर्थिक गतिविधि निकै प्रभावित भएको आइएमएफले जनाएको छ । सन् २०२१ मा विश्वको अर्थतन्त्रमा ५.४ प्रतिशत वृद्धि हुने आइएमएफले जनाएको छ । आइएमएफका अनुसार कोरोना महामारीले सबैभन्दा पहिले निर्यातमा निर्भर अर्थतन्त्रहरुको रिभाइभलको सम्भावनालाई निकै प्रभावित बनाएको छ ।

सन् २०२० मा विकसित तथा विकासोन्मुख अर्थतन्त्रहरुमा मन्दी आउने अनमान आइएमएफको छ । विकसित अर्थ व्यवस्थामा ८ प्रतिशत गिरावट आउनुका साथै विकासशील अर्थब्यवस्थाको वृद्धिदर ३ प्रतिशतले घट्न सक्ने आइएमएफको अनुमान छ ।

Skip This
Skip This
Logo