प्यालेस्टाइनी कुटनीतिज्ञले भेट्न पाएनन् आफ्नो परिवारलाई

प्यालेस्टाइनी कुटनीतिज्ञले भेट्न पाएनन् आफ्नो परिवारलाई

केन्द्रबिन्दु
0
Shares

प्यालेस्टिनका कुटनीतिक अधिकारी हुसम जोम्लोटले गाजामा आफ्नो परिवारलाई भेट्न नपाएका बताएका छन्। 

युनाइटेड किंगडममा प्यालेस्टिनी मिसनका प्रमुख हुसम जोम्लोटले गाजा क्षेत्रमा सञ्चार ब्ल्याकआउटका कारण आफूले गाजामा रहेका आफ्ना परिवारका सदस्यहरूसँग सम्पर्क गर्न नसकेकाे बताएका हुन्। जोमलोटले सामाजिक सञ्जाल पोष्टमा लेखेका छन्,‘म घण्टौंदेखी गाजामा रहेको मेरो परिवारसम्म पुग्ने प्रयास गरिरहेको छु।’

उनले अगाडी लेखेका छन्,‘सबै दूरसञ्चार र इन्टरनेट काटिएको छ, ती सबै  इजरायली हमलाहरुले नष्ट भएका छन्, शाब्दिक रूपमा गाजालाई हवाई भूमि र समुद्रबाट नष्ट गरिँदैछ, अझै कति निर्दोष मानिसहरू,बच्चाहरू,आमाबाबु र हजुरबा हजुरआमाहरूकाे ज्यान जाने हाे? त्याे अझै एकिन गर्न सक्ने अवस्थामा छैन, नयाँ संसारमा फर्कनु अघि नै सम्भवतः सबै सकिनेछ।’जोम्लोट प्यालेस्टिनी अधिकारका लागि एक मुखर वकिल र द्वन्द्वमा प्यालेस्टिनी परिप्रेक्ष्यको लागि जानकार ब्यक्ति हुन्। 

Logo