अमेरिकामा १८ जनाको गोली हानि हत्या गर्ने कुख्यात अपराधी मृत अवस्थामा फेला परेका छन्। लिस्वनको मेन सहरमा भएको गोलीकाण्डमा १८ जनाको हत्या र १३ जनालाई घाइते बनाउने अभियुक्त मृत अवस्थामा फेला परेका हुन्।
सिएनएनका अनुसार गत बुधबार भएको गोली काण्डपछि फरार रहेका उनी शुक्रबार मृत अवस्थामा फेला परेका छन्। सिएनएनका अनुसार उनले आफैंले गोली हानेको अवस्थामा भेटिएका थिए।
समाचार अनुसार अभियुक्त रोबर्ट कार्डको शव लिस्बन नजिकैको जंगलमा फेला परेको थियो, जहाँबाट बुधबार साँझ लुइस्टनमा गोली हानाहान भएको थियो। उनको शव गोली हानाहान भएको क्षेत्र भन्दा करिब ८ माईल टाढा फेला परेको हो । उनको शव फेला परेको स्थान रिसाइक्लिंग प्लान्टको नजिक रहेको छ।
बुधबार साँझको लेविस्टनको बलिङ्ग गल्ली र रेस्टुरेन्टमा भएको गोलीबारी पछि उनी बेपत्ता भएका थिए, जसलाइ खोज्नका लागि प्रहरीले दुइ दिनसम्म कठिन मेहनत गरेको थियो।सो गोलीकाण्ड मच्चाएपछि बेपत्ता भएका उनले पुनः हमला गर्न सक्ने भन्दै सो क्षेत्रका आश्रयस्थल,स्कूल र व्यवसायहरूसमेत बन्द गराइएको थियो।
गत वर्ष टेक्सासको उभाल्डेको एक विद्यालयमा भएको नरसंहार पछिको यो हमला सबैभन्दा घातक अमेरिकी सामूहिक गोलीबारीको रूपमा हेरिएको छ। उनको मृत शरिर फेला परेपछि अमेरिकी अधिकारीहरूले राति १० बजे पत्रकार सम्मेलन गरेर विस्तृत जानकारी दिने बताएका छन्।































प्रतिक्रिया