गाजाको अल-कुड्स अस्पताल नजिक इजरायली हवाई हमला

गाजाको अल-कुड्स अस्पताल नजिक इजरायली हवाई हमला

केन्द्रबिन्दु
0
Shares

उत्तरी गाजाको ताल अल–हवा क्षेत्रमा अवस्थित अल–कुड्स अस्पतालको आसपास तोपखाना र हवाई आक्रमणका आवाज सुनिएका छन्।  प्यालेस्टाइन रेड क्रिसेन्ट सोसाइटीले अल–कुड्स अस्पतालको वरपरको उत्तरी गाजाको ताल अल–हवा क्षेत्रमा लगातार तोपखाना र हवाई आक्रमणहरू भईरहेको रिर्पोट गरेको छ।

‘जसका कारण भवनहरु काँपिरहेको छ र विस्थापित नागरिकहरू र काम गर्ने टोलीहरूले डर र त्रासको अनुभव गरिरहेका छन्,’रेड क्रिसेन्टले सामाजिक सञ्जाल पोस्टमा भन्यो।

सो अस्पतालले हाल गाजाका सयौं बिरामी र १२ हजार भन्दा बढी विस्थापित नागरिकहरूलाई आश्रय दिइरहेको छ। सोमबार रेड क्रिसेन्टले भने कि इजरायलले तत्काल अस्पताल खाली गर्न चेतावनी दिएको थियो।  तर, मानव अधिकार विशेषज्ञहरूले चेतावनी दिएका छन् कि अस्पतालको सुविधामा प्रत्यक्ष प्रहार युद्ध अपराध हुनेछ।

Logo