भूकम्पबाट भएको क्षतिप्रति चिनियाँ राष्ट्रपतिद्वारा दुःख व्यक्त

भूकम्पबाट भएको क्षतिप्रति चिनियाँ राष्ट्रपतिद्वारा दुःख व्यक्त

केन्द्रबिन्दु
0
Shares

चिनियाँ राष्ट्रपति सी चिनफिङले, जाजरकोटमा गएको भूकम्पबाट भएको धनजनको क्षतिको खबरले आफू स्तब्ध भएको बताएका छन्।आइतबार राष्ट्रपति रामचन्द्र पौडेललाई एक शोक सन्देश पठाउँदै राष्ट्रपति चिनफिङले चीन सरकार र चिनियाँ जनताका तर्फबाट भूकम्पमा परेका मृतकहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन्। 

मृतक परिवार तथा घाइतेप्रति समवेदना प्रकट गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको राष्ट्रपति पौडेलको सचिवालयले जनाएको छ। शोक वक्तव्यमा चिनियाँ राष्ट्रपति सीले राष्ट्रपति पौडेल र नेपाल सरकारको नेतृत्वमा भूकम्प प्रभावित क्षेत्रका नेपाली जनताले भोग्नुपरेको अप्ठयारो पार गरी यशाशक्य छिटो बस्नको लागि घर निर्माण गर्न सक्ने विश्वास व्यक्त गरेका छन्। 

साथै उनले नेपाललाई यस विपद्को घडीमा आवश्यक सहयोग गर्न चीन इच्छुक रहेको पनि बताएको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

जाजरकोटको बारेकोट गाउँपालिका वडानम्बर १ रामिडाँडा केन्द्रविन्दु भएर शुक्रबार मध्यराति ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो। सो भुकम्पको जाजरकोट र त्यसको छिमेकी जिल्ला रुकुमपश्चिममा ठूलो क्षति पुगेको छ। हालसम्म जाजरकोट र रुकूम पश्चिममा जिल्लामा गरी कम्तीमा १५७ जनाको मृत्यु भइसकेको छ। 

Logo