गाजामा रहेको संयुक्त राष्ट्रसंघ एजेन्सीको मुख्यालय इजरायली हवाई आक्रमणबाट प्रभावित

गाजामा रहेको संयुक्त राष्ट्रसंघ एजेन्सीको मुख्यालय इजरायली हवाई आक्रमणबाट प्रभावित

केन्द्रबिन्दु
0
Shares

संयुक्त राष्ट्रसंघ विकास कार्यक्रमले गाजामा रहेको आफ्नो मुख्यालय इजरायली हवाई आक्रमणको सिकार भएको र त्यहाँ शरण लिइरहेका प्यालेस्टिनी शरणार्थीहरूको हताहत भएको जानकारी दिएको छ।

शनिबार वेबसाइटमा प्रकाशित विज्ञप्ति अनुसार संयुक्त राष्ट्रसंघ एजेन्सीले आक्रमणबाट आफ्नो परिसरमा शरण खोजिरहेका मानिसहरूको मृत्यु भएको जनाएको छ। साथै घाइतेहरूप्रति गहिरो चिन्ता समेत व्यक्त गरेको छ।

विज्ञप्तिमा भनिएको छ- नागरिक पूर्वाधारको रक्षा गर्न र संयुक्त राष्ट्रसंघबाट दिइएको मानवीय सहयोगलाई सुरक्षित राख्नु पर्ने आवश्यकतालाई जोड दिइएको छ।हालसम्म यस घटनाको बारे इजरायली पक्षबाट कुनै प्रतिक्रिया आएको छैन।

Logo