सहारा इन्डियाका प्रमुख सुब्रत रोयलाइ उनका नाति हिमांक रोयले अन्त्येष्टि गर्ने भएका छन्। उनका दुवै छोरा विदेशमा रहेकाले अन्तिम यात्रामा सहभागी हुन नपाउने भए पछि नातीले दागबत्ति दिन लागेका हुन्।
हाल सहाराश्रीको पार्थिव शरीरलाई सार्वजनिक दर्शनका लागि राजधानी लखनऊको सहारा सहरमा राखिएको छ। श्रद्धाञ्जली दिन यहाँ मानिसहरुको लामो लाइन लागेको छ। यता बैकुण्ठ धामबाहिर सुरक्षाका लागि प्रहरी परिचालन गरिएको छ।
यसअघि श्रद्धाञ्जली अर्पण गरी अन्तिम दर्शन गर्न मानिसहरु सहारा सहर पुगेका छन्। यसका अलावा उपमुख्यमन्त्री ब्रजेश पाठक, फिल्म निर्माता बोनी कपूर, जौनपुरका पूर्व सांसद धनन्जय सिंह, राज्यसभा सांसद दिनेश शर्मालगायतका विभिन्न व्यक्तित्वहरूले उनलाई श्रद्धाञ्जली दिए।
प्रसिद्ध व्यापारी सुब्रत राय सहाराको मंगलबार ७५ वर्षको उमेरमा निधन भएको हो। आज बिहान उनको पार्थिव शरीरलाई चार्टर प्लेनबाट मुम्बईबाट लखनउ ल्याइएको थियो। सहाराका अध्यक्ष विगत केही दिनदेखि बिरामी थिए।
सहारा इन्डियाले जारी गरेको अपडेट अनुसार सुब्रत रोय मेटास्टेटिक स्ट्रोक, उच्च रक्तचाप र मधुमेह जस्ता रोगबाट पीडित थिए। त्यसपछि नोभेम्वर १४ को राति १०ः३० बजे उनको कार्डियोरेस्पिरेटरी अरेस्टका कारण निधन भएको थियो।





























प्रतिक्रिया