काठमाडौं ।
कोरोना भाइरसका कारण हालसम्ममा विश्वभरी चार लाख ७० हजार ७०३ जनाको मृत्यु भएको छ । त्यसैगरी विश्वभरी सङ्क्रमितहरुको सङ्ख्या ९० लाख ४६ हजार २०८ पुगेको छ ।
विश्वभरी कुल सङ्क्रमितमध्ये ४८ लाख ३८ हजार ३४५ जना सङ्क्रमणमुक्त भएको जनाइएको छ । त्यसैगरी ३७ लाख ३७ हजार १६० जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् । तीमध्ये ५४ हजार ५०५ जना गम्भीर अवस्थामा रहेका छन् ।
पछिल्लो विवरण अनुसार, सवैभन्दा धेरै सङ्क्रमित अमेरिकामै रहेका छन् । अमेरिकामा अहिलेसम्म २३ लाख ५० हजार सङ्क्रमित छन् । दोस्रो धेरै सङ्क्रमित रहेको ब्राजिलमा भने दश लाख ८० हजार सङ्क्रमित रहेका छन् ।
सङ्क्रमितको सङ्ख्याका आधारमा तेस्रोमा रुस, चौथोमा भारत, पाँचौमा बेलायत, छैठौँमा स्पेन, सातौँमा पेरु, आठौँमा इटाली र दशौँमा चिली रहेका छन् ।
सवैभन्दा धेरै सङ्क्रमित रहेको अमेरिकामा अहिलेसम्म मृतकको सङ्ख्या एक लाख २३ हजार रहेको छ भने दोस्रो धेरै मानवीय क्षति भएको ब्राजिलमा ५१ हजार जनाको मृत्यु भएको छ ।
त्यसैगरी तेस्रो धेरै मानवीय क्षति बेलायतमा भएको छ । जहाँ ४३ हजार जनाको मृत्यु भएको छ भने चौथोमा स्पेन रहेको छ । स्पेनमा २९ हजार जनाको मृत्यु भएको तथ्याङ्क छ ।





























प्रतिक्रिया