दुई कम्युनिष्ट पार्टीबीच भिडियो कन्फरेन्सदेखि संकटमा भारतसम्म (भिडियोसहित)

दुई कम्युनिष्ट पार्टीबीच भिडियो कन्फरेन्सदेखि संकटमा भारतसम्म (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरुमध्ये चिनियाँ कम्युनिष्ट पार्टीको ९९ औँ स्थापना दिवस तथा, नेपाल–चीन मैत्रीपूर्ण सम्बन्ध स्थापना भएको ६५ वर्ष पुगेको अवसरमा दुई देश बीचका कम्युनिष्ट पार्टीबीच भिडियो कन्फरेन्स सम्पन्न भएको छ । शुक्रबार पार्टी कार्यालय धुम्बाराहीमा नेकपा नेताहरू र चिनियाँ कम्युनिष्ट पार्टीका प्रतिनिधिहरू बीच कन्फरेन्स सम्पन्न भएको हो । कन्फरेन्स कम्युनिष्टहरूको अन्तर्राष्ट्रिय गीत बजाएर सुरु गरिएको थियो ।

त्यस्तै अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको अर्थतन्त्र शिथिल बनेको र ढुकुटी नै रित्तिएको अवस्था भएको बताएपछि व्यवसायीहरुले स्वेच्छाले कर तिर्न थालेका छन् । अर्थमन्त्री खतिवडाले पटक पटक अर्थतन्त्रमा संकट परेको तथा कर्मचारीलाई तलब खुवाउन पनि समस्या परेको बताएपछि व्यवसायीहरुले स्वतः स्फूर्त रुपमा कर तिर्न थालेका हुन् ।

पछिल्लो समय नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी उपाध्यक्ष वामदेव गौतमबीच दूरी बढ्दै गएको छ । आफू अप्ठ्यारोमा परेको बेला गौतमलाई साथ लिने र वातावरण सहज भएपछि वास्ता नगर्ने ओलीको प्रवृतिले दुई बीचको दूरी बढ्दै गएको हो ।

त्यस्तैगरी कोरोना भाइरसका कारण गरिएको लकडाउनले विदेशमा अलपत्र परेका नेपाली स्वदेश फर्काउने कामलाई सरकारले तीव्रता दिएको छ । कोरोना भाइरसको प्रभावले थुप्रै नेपाली तेस्रो मुलुकमा अलपत्र परेको गुनासो बढ्न थालेपछि सरकारले चरणवद्ध रुपमा स्वदेश फर्काउने कामलाई तीव्र पारेको हो ।

दक्षिण एशियाको सबैभन्दा ठूलो मुलुक भारत यतिबेला सीमा संकटमा नराम्रोसँग फसेको छ । सन् १९४७ मा ब्रिटिस साम्राज्यबाट स्वतन्त्र भएपछिको इतिहासमा भारत यसअघि एकै पटक कहिले पनि नेपालसहित, चीन, पाकिस्तान र भुटानसँग सीमा संकटमा फसेको हाे । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..

http://https://youtu.be/YtS-U-lctJE

Logo