बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या एक लाखभन्दा बढी, एक हजार ३८८ को मृत्यु

बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या एक लाखभन्दा बढी, एक हजार ३८८ को मृत्यु

केन्द्रबिन्दु
0
Shares

ढाका । बङ्गलादेशमा विगत २४ घण्टामा कोभिड–१९ सङ्क्रमण पुष्टि हुने विरामीको सङ्ख्या तीन हजार २ सय ४३ पुगेका स्वास्थ्य मन्त्रालय स्रोतले शुक्रबार जानकारी गराएको छ । बङ्गलादेशमा अघिल्लो दिन कोरोनाभाइरस सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या तीन हजार ८ सय ३ रहेको थियो । ‘पछिल्लो तथ्याङ्क अनुसार बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या एक लाख पाँच हजार ५ सय ३५ पुगेको छ भने मृत्यु हुनेको सङ्ख्या एक हजार ३ सय ८८ पुगेको छ ।’ स्वास्थ्य मन्त्रालयका उच्च नसिमा सुल्तनाले बताए ।

‘विगत २४ घण्टामा कोरोना भाइरस सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या तीन हजार २ सय ४३ पुगेको छ भने ३२ पुरूष र १३ महिला गरी सङ्क्रमितको मृत्यु भएको छ ।’–उनले भने ।
बङ्गलादेशमा विगत २४ घण्टामा देशभर कूल १५ हजार ४५ व्यक्तिको कोभिड–१९ सङ्क्रमण परीक्षण गरिएको थियो ।

यो समयमा दुई हजार ७ सय ४१ जना निको भई घर फर्किएसँगै अहिलेसम्म निको हुनेको सङ्ख्या ४२ हजार ९ सय ४५ पुगेको छ ।–रासस

Logo