- तिलु शर्मा पौडेल
दोहा कतार ।
वैदेशिक रोजगारीको सिलसिलामा दोहा कतारमा रहँदा विभिन्न दुर्घटनामा तथा उपचारको क्रममा ज्यान गुमाएका २० नेपालीको शव लिएर कतारको ध्वजा बाहक एयरलाइन्स कतार एयरवेजले दोहाबाट नेपालतर्फ उडान गरेको छ ।
कतार सरकारले रमादान तथा कोरोनाको प्रकोपका कारण आममाफी दिएका २४ जनासहित ४३ जना नेपाल पुगेका छन् । अवैधानिक रूपमा कतारमा रहेका २६५ जना नेपालीहरूलाई पनि उक्त उडानमा लिएर जाने कतार सरकारको कार्यतालिका भए पनि स्वास्थ्य लगायत विभिन्न प्रकिया पूरा नभएका कारण बाँकी कतारमै रोकिएका छन् ।
कतारको सरकारी अस्पतालमा रहेका ५५ जनाको शव रहेको छ । ती मध्ये आज २० वटा शव नेपाल पठाइको हो । नेपाली नियोगको समन्वय तथा कतार सरकारको सहयोगमा शवहरु सहित नेपाल पठाइएको नेपाली नियोगका प्रवक्ता लक्षमण खनालले जानकारी दिएका छन् । ९ वटा शवको परिवार, नियोग तथा कतार सरकारको सहयोगमा कतारमै अन्त्येष्टि गरिएको छ । कोरोना तथा विभिन्न कारणले मृत्युवरण गरेका २६ जनाको शव कतारको शव गृहमा उद्दारको पर्खाईमा छन् ।





























प्रतिक्रिया