गाजामा ४७ खेलाडी मारिएकाे प्यालेस्टिनी ओलम्पिक कमिटीकाे दाबी

गाजामा ४७ खेलाडी मारिएकाे प्यालेस्टिनी ओलम्पिक कमिटीकाे दाबी

केन्द्रबिन्दु
0
Shares

प्यालेस्टिनी ओलम्पिक कमिटीले इजरायली सेनाले युद्धका क्रममा ४७ खेलाडीको हत्या गरेको जनाएको छ ।

प्यालेस्टिनी ओलम्पिक कमिटीले इजरायलले गाजामा खेलाडीसहित ६४ अन्य खेलसँग सम्बन्धित कर्मचारीको हत्या गरेको आरोप लगाएको प्यालेस्टिनी समाचार एजेन्सी वाफाले जनाएको छ। समितिले एक विज्ञप्तिमा भन्यो कि ‘इजरायली विनाश मेसिनले युद्धको क्रममा ४७ खेलाडी र १७ प्राविधिक र प्रशासकहरूलाई मारेको छ ।’ 

वाफाका अनुसार मृत्यु हुनेमा अन्तर्राष्ट्रिय प्रतियोगितामा प्यालेस्टाइनको प्रतिनिधित्व गर्ने सपना देखेकी ६ वर्षीय कराते खेलाडी यास्मिन सराफ पनि रहेकी छिन् ।

समितिका अनुसार इजरायली बमबारीले संयुक्त राष्ट्र विकास कार्यक्रम युएनडिपी स्टेडियम, बेइट हानुन स्टेडियम, तीन इक्वेस्ट्रियन क्लब, एक बेसबल मैदान, र धेरै मार्शल आर्ट केन्द्रहरू सहित धेरै खेल सुविधास्थल माथी प्रहार गरिएको छ।

Skip This
Skip This
Logo