कतारमा कोरोना संक्रमितको संख्या ८४ हजार कट्यो, मृतकको संख्या ८६

कतारमा कोरोना संक्रमितको संख्या ८४ हजार कट्यो, मृतकको संख्या ८६

केन्द्रबिन्दु
0
Shares

  • तिलु शर्मा पौडेल
    दोहा कतार ।

कतारको स्वास्थ्य मन्त्रालयले आज जारी गरेको तथ्याङ्क अनुसार कोरोना भाइरसबाट थप चार जनाको मृत्यु भएको जनाएको छ।

आज मृत्यु हुने ४१, ४३, ६१ र ७७ वर्षीय नागरिक रहेका छन् । यो सँगै कतारमा मृत्यु हुनेको संख्या ८६ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ हजार ८६९ जनामा गरिएको परीक्षणमा थप १२६७ जनामा भाइरस सङ्क्रमण देखिएसँगै भाइरस सङ्क्रमितको सङ्ख्या ८४ हजार ४१४ पुगेको छ । १ हजार ४७० जनासहित हालसम्म ६३ हजार ६४२ जनाले स्वास्थ्य लाभ गरेका छन् भने २० हजार ७१३ जनाको उपचार चलिरहेको छ ।

१ हजार १२४ जनालाई डाक्टरहरूको निगरानीमा क्वारेन्टाइनमा राखिएको छ । १४२ जनालाई अस्पताल भर्ना गरिएको छ । थप ११ जनासहित आइसियुमा रहने बिरामीको सङ्ख्या २३० रहेको छ । कुल ३ लाख ९ हजार ६७० जनामा कोरोना जाँच गरिएको मन्त्रालयले बताएको छ । केही दिन यता स्वास्थ्य लाभ गर्नेको सङ्ख्या उच्च दरमा बृद्धि भइरहेको छ ।

Logo