बेलायतमा आप्रवासन ठूलो समस्या बन्दै

बेलायतमा आप्रवासन ठूलो समस्या बन्दै

केन्द्रबिन्दु
0
Shares

बेलायतमा अहिले आप्रवासन ठूलो समस्या बन्दै गएको छ। यसलाई रोक्न सरकारले धेरै निर्णय गरे पनि विरोधको पनि खुवै सामना गरिरहेको छ। 

बेलायती प्रधानमन्त्रीले ऋषी सुनकले आफ्नो सिमाना सुरक्षित गर्न कडा निर्णय लिइरहेको बताउँदै अवैध आप्रवासन अन्त्य हुनुपर्ने अडानमै रहेका छन्।

बेलायती प्रधानमन्त्री ऋषि सुनकले शुक्रबार ट्विट गर्दै भनेका छन् ‘कि हाम्रो नयाँ विधेयक अहिलेसम्मकै सबैभन्दा कडा गैरकानूनी आप्रवासी विरुद्धको कानून हो। 

‘म आप्रवासीको छोरा भए पनि मेरा आमाबुवा कानुनी रूपमा बेलायत आएका थिए। हाम्रो देशमा आपराधिक गिरोहले कमजोर मानिसहरूलाई सताउन सक्दैन। आप्रवासीहरूको बच्चाको रूपमा म बुझ्न सक्छु किन मानिसहरू यहाँ आउन चाहन्छन्।’ प्रधानमन्त्री सुनकले भनेका छन्।

हालै बेलायतका गृहमन्त्री जेम्स क्लेभर्लेले हाउस अफ कमन्सलाई नयाँ नियमअनुसार स्वास्थ्य भिसामा बेलायत आउने चिकित्सकहरूले अब आफ्नो परिवारका सदस्यलाई साथमा ल्याउन नपाउने बताएका छन्।

Logo