काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।
कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरुमध्ये प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले नागरिकता विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय दिएको छ । बुधबार बसेको समितिको बैठकमा नेपाली नागरिकसँग विवाह गरी आउने विदेशी महिलालाई अंगीकृत नागरिकता दिने सम्बन्धमा राजनीतिक दलहरुबीच सहमति जुटाउन गृहमन्त्री रामबहादुर थापाले समय माग गरेपछि समितिले पाँच दिनको समय दिएको हो । नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलालाई अंगीकृत नागरिकता दिने सम्बन्धमा विवाद हुँदा करिब २ देखि यो विधेयक रोकिएको छ ।
त्यस्तै कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण गर्न देशैभर गरिएको लकडाउन गत जेठ २८ गतेदेखि खुकुलो भएको छ । सरकारले विभिन्न पेशा व्यवसाय संचालन गर्न दिने निर्णय गरे पनि सार्वजनिक यातायात खुल्ने अझै अनिश्चित बनेको छ ।
यथास्थितीमा एमसीसी कार्यान्वयन गराउने पक्षमा राप्रपा नभएको प्रतिनिधि सभा सांसद राजेन्द्र लिङ्देनले बताएका छन् । बुधबार केन्द्रबिन्दुसँग अन्तर्वार्ता दिँदै सांसद लिङ्देनले यथास्थितीमा एमसीसी पारित गर्न नसकिने बताएका हुन् ।
त्यस्तैगरी बेलायतका अनुसन्धानकर्ताहरूले कोरोना भाइरस विरुद्धको औषधि पत्ता लगाएको दाबी गरेका छन् । बीबीसीका अनुसार, सस्तो र व्यापक रूपमा पाइने ‘डेक्सामिथासोन स्टेरोयड’ ले भेन्टिलेटर वा अक्सिजनमा बसेका कोरोना संक्रमित बिरामीहरूको मृत्युदर एक तिहाइले घटेको उनीहरुको दाबी छ ।
भारतले अतिक्रमण गरेको नेपाली भूमि निरीक्षण गर्न प्रधान सेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल दार्चुला जिल्लाको छाङरु पुगेका छन् । दुबै प्रमुखले कालापानी नजिकै स्थापना गरिएको सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट र सेनाको अस्थायी बेस क्याम्प निरीक्षण तथा दार्चुलाको तिंकर सडकखण्डको अनुगमन गरेका छन् । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..





























प्रतिक्रिया