इजाजत पत्रको शर्त उल्लङ्घन गरेको ४०० वैदेशिक रोजगारसम्बन्धी निकायलाई कारबाही गरिएको छ। श्रीलङ्काका अधिकारीहरूका अनुसार विगत १२ महिनामा वैदेशिक रोजगारसम्बन्धी ४०० संस्था निलम्बनमा परेका हुन्।
अन्तर्राष्ट्रिय आप्रवासी दिवसका अवसरमा कोलम्बोमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै श्रम तथा वैदेशिक रोजगारमन्त्री मानुषा नानायककाराले सोही अवधिमा २०० वैदेशिक रोजगार एजेन्सीको इजाजत पत्र रद्द गरिएको जानकारी दिए।
मन्त्री नानायककाराले वैदेशिक रोजगार एजेन्सी र सरकारी निकायले प्रदान गर्ने सेवाको गुणस्तर सुधारका लागि सरकारले कदम चालेको बताए।
सन् २०२३ को नोभेम्बरको अन्त्यसम्ममा दुई लाख ७५ हजारभन्दा बढी श्रीलङ्कालीहरू वैदेशिक रोजगारीमा गइसकेका छन्। आप्रवासी कामदारहरूको विप्रेषण श्रीलङ्काका लागि वैदेशिक राजस्वको एक प्रमुख स्रोत हो।































प्रतिक्रिया