पाकिस्तानः इमरान खानको पार्टीको चुनाव चिन्ह्र खारेज

पाकिस्तानः इमरान खानको पार्टीको चुनाव चिन्ह्र खारेज

केन्द्रबिन्दु
0
Shares

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टीलाई ठूलो झट्का लागेको छ।

निर्वाचन आयोगले खानको पार्टी पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) बाट ब्याट चिन्ह्र फिर्ता लिएको छ। पार्टीभित्र निर्वाचन हुन नसकेको भन्दै निर्वाचन आयोगले यस्तो कारबाही गरेको हो।

यसअघि पेशावर उच्च अदालतले बिहीबार निर्वाचन आयोगलाई पीटीआईको अन्तरदलीय निर्वाचन र निर्वाचन चिन्ह्रका विषयमा कानूनबमोजिम निर्णय गर्न निर्देशन दिएको थियो।

निर्वाचन आयुक्त सिकन्दर सुल्तान राजाको अध्यक्षतामा पाँच सदस्यीय बेन्चले जुनमा भएको पीटीआईको अन्तर-दलीय निर्वाचनलाई अमान्य घोषित पनि गरेको छ।

पीटीआईले जुन २०२२ मा अन्तर-पार्टी (अधिवेशन) चुनाव गराएको थियो। जसमा ब्यारिस्टर गौहर अली सहजै पार्टीको नयाँ अध्यक्षमा निर्वाचित भएका थिए।तर, निर्वाचन आयोगले ती निर्वाचनलाई अवैध घोषणा गर्दै २० दिनभित्र पुनः निर्वाचन गराउन निर्देशन दिएको थियो।

पीटीआई अध्यक्ष गौहरले व्यक्तिगत प्रतिशोधमा आधारित राजनीतिक निर्णय भएको बताएका छन्। बदला लिने र पार्टीका उम्मेदवार र मतदातालाई भ्रममा पार्न आयोग नै लागेको बताए। निर्णयपछि अब पार्टीका उम्मेदवारले स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव लड्नुपर्ने भएको छ।  

Skip This
Skip This
Logo