कतारमा कोरोनाबाट स्वास्थ्य लाभ गर्नेको सङ्ख्या ६० हजार नाघ्यो (गल्फ अपडेटसहित)

कतारमा कोरोनाबाट स्वास्थ्य लाभ गर्नेको सङ्ख्या ६० हजार नाघ्यो (गल्फ अपडेटसहित)

केन्द्रबिन्दु
0
Shares

  • तिलु शर्मा पौडेल
    दोहा कतार ।

कतारको स्वास्थ्य मन्त्रालयले कोरोनाको पछिल्लो २४ घण्टाको विवरण सार्वजनिक गर्दै थप ५ हजार १६१ जनालाई परीक्षण गर्दा १,२०१ जनामा सङ्क्रमण देखिएसँगै कुल संक्रमित हुनेको सङ्ख्या ८२ हजार ०७७ पुगेको जनाएको छ । १ हजार ७८० जनासहित कुल स्वास्थ्य लाभ गर्नेको सङ्ख्या ६० हजार ४६१ पुगेको छ । आज ५ जना ५३, ६५, ७४, ७८,र ८० वर्षीय नागरिक सहित कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या ८० पुगेको छ ।

स्थानीय नागरिकसहित फरक फरक समुदायका आप्रवासी कामदारहरू रहेका छन् । कतारमा आजसम्म कुल ३ लाख ४९९ जनामा कोरोनाको परीक्षण गरिएको छ । ती मध्ये १ हजार १४७ जनालाई डाक्टरहरूको प्रत्यक्ष निगरानीमा राखिएको छ भने १४३ जनालाई अस्पताल भर्ना गरिएको छ । थप १९ जना सहित आइसियुमा रहने बिरामीको सङ्ख्या २४४ पुगेको छ । कुल २१ हजार ५३६ जनाको उपचार चलिरहेको छ ।

स्वास्थ्यमा कुनै समस्या भएमा टोल फ्री नम्बर १६००० मा कल गर्न समेत अनुरोध गरिएको छ । कोरोनाको प्रारम्भिक लक्षण देखिएमा मैदर, अल रवादत, उमसलाल अलि र गराफामा रहेका हेल्थ सेन्टरमा गएर परीक्षण गर्न अनुरोध गरेको छ । ४ लाख भन्दा बढी नेपाली कार्यरत रहेको कतारमा ४ जना नेपालीको पनि कोरोनाको कारण ज्यान गएको छ ।

गल्फ अपडेट (समाचार तयार पार्दासम्म)
साउदी अरबमा कुल सङ्क्रमित १ लाख ३२ हजार ०४८ रहेका छन् भने ८७८९० ले स्वास्थ्य लाभ गरी सकेका छन् हालसम्म १०११ जनाको भाइरसका कारण मृत्यु भएको छ । ४३ हजार १४७ जनाको उपचार चलिरहेको छ ।

बहराइनमा कुल सङ्क्रमित १९ हजार १३ रहेका छन् भने १३ हजार २६७ जनाले स्वास्थ्य लाभ गरी सकेका छन् । ४७ जनाको भाइरसका कारण मृत्यु भएको छ । आइसियुमा १९ जना सहित ५ हजार ६८० जनाको उपचार चलिरहेको छ ।

ओमनमा हाल सम्म २५ हजार २६९ जना सङ्क्रमित रहेका छन् भने ११ हजार ८९ जनाले स्वास्थ्य लाभ गरी सकेका छन् । हाल सम्म ११४ जनाको भाइरसका कारण मृत्यु भएको छ । आइसियुमा १०५ जनासहित अन्य १४ हजार ६६ जनाको उपचार चलिरहेको छ । यस्तै कुवेतमा हालसम्म ३६ हजार ९९८ जनामा कोरोना भाइरस देखिएको छ । २८ हजार २०६ जनाले स्वास्थ्य लाभ गरी सकेका छन् भने पछिल्लो २४ घण्टामा थप ५ सहित मृतकको सङ्ख्या ३०३ पुगेको छ । ८ हजार ४८९ जनाको उपचार चलिरहेको छ । दुबईमा कुल ४२ हजार ९८२ जनामा कोरोना सङ्क्रमण फेला परेको छ भने २८ हजार ८६१ जनाले स्वास्थ्य लाभ गरेका छन् । पछिल्लो २४ घण्टामा थपिएका २ सहित मृतक सङ्ख्या २९३ पुगेको छ ।

Logo