“लिपुलेक सडक भारतीय भूमिमै बनेको हो, नेपालसँग वार्ता हुन्छ”- भारतीय रक्षामन्त्री

“लिपुलेक सडक भारतीय भूमिमै बनेको हो, नेपालसँग वार्ता हुन्छ”- भारतीय रक्षामन्त्री

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

भारतीय रक्षामन्त्री राजनाथ सिंहले लिपुलेक पास सडक भारतीय भूमिमै बनेको दोहोर्याएका छन् । रक्षामन्त्री सिंहले गत वैशाख २६ गते भारतको उत्तराखण्डको पिथौरागढदेखि नेपाली भूमि लिपुलेक हुँदै तिब्बतको मानसरोवर जाने सडक उद्घाटन गरेको थियो ।

यस्तै नेपाल-भारतबीचको सीमाविवादको समाधान वार्ताबाटै हुने पनि रक्षामन्त्री सिंहले बताएका छन् ।

रक्षामन्त्री सिंहले नेपाल र भारतको बीचमा रोटी-बेटीको सम्बन्ध रहेको भन्दै यसलाई कसैले तोड्न नसक्ने पनि बताएका छन् । भारतीय जनता पार्टीका उत्तराखण्डका कार्यकर्तालाई ‘जन संवाद’ कार्यक्रम अन्तर्गत सम्बोधन गर्ने क्रममा सिंहले यस्तो बताएका हुन् ।

लिपुलेकबाट धार्चुला जोड्ने सडकका विषयमा नेपालमा केही गलत बुझाई भए पनि त्यसलाई वार्ताबाटै हल गरिने पनि उनको भनाइ थियो ।

भारतीयको मनमा नेपालको विषयमा कहिल्यै पनि कुनै प्रकारको कटुता पैदा हुन नसक्ने भन्दै सिंहले सबै समस्याको समाधान वार्ता र संवादमार्फत गरिने प्रष्ट पारेका छन् ।

Logo