काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।
कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरुमध्ये नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विवाद पेचिलो बन्दै गएको छ । नेकपाभित्र एमसीसीप्रति दुई खेमा देखिनु र ती खेमाबीच पर्याप्त छलफल हुन नसक्दा एमसीसी विवाद थप पेचिलो बन्दै गएको हो । आइतबार पनि एमसीसीमा छलफल गर्न बोलाइएको सचिवालय बैठक अन्तिम समयमा आएर रोकिएको छ ।
त्यस्तै बैंकमा निक्षेप थुप्रिन थालेपछि निक्षेपको व्याजदर घट्न थालेको छ । कोरोनाका कारण बैंकमा निक्षेप मात्रै संकलन हुने तर नयाँ कर्जा प्रवाह नहुँदा निक्षेपको व्याजदर घट्न थालेको हो ।
कालापानी, लिपुलेक र लिम्पियाधुरासहितका भूभाग समेटेर तयार भएको नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सालाई अस्वीकार्य भएको प्रतिक्रिया दिएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले शनिबार राति विज्ञप्ति जारी गर्दै संविधान संशोधनले सीमा विवादका विषयमा वार्ता गर्ने समझदारी उलंघन गरेको उल्लेख गरेका हुन् । शनिबारको प्रतिनिधि सभाको बैठकले संविधान संशोधन विधेयक दुई तिहाइभन्दा बढी मतले पारित गरेको थियो ।
त्यस्तैगरी कोरोना भाइरसको संक्रमणले विदेशमा नेपालीको मृत्यु हुने क्रम रोकिएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार आठ साता लगातार विभिन्न देशमा नेपालीले ज्यान गुमाए पनि यो साता भने कोरोना भाइरसको संक्रमणले कसैको ज्यान गएको छैन ।
भोलिदेखि देशभरका विद्यालयको पठन पाठन सुरु हुने भएको छ । मन्त्रालयले निर्देशिका जारी गरेपछि, रेडियो, टेलिभिजन तथा अनलाइन माध्यमबाट देशभर पठन पाठन सुरु हुन लागेको हो । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जेठ १८ गते ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका, ०७७’ जारी गरेको थियो । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..





























प्रतिक्रिया