कोलम्बियामा पहिरोका कारण कम्तिमा १८ जनाको मृत्यु

कोलम्बियामा पहिरोका कारण कम्तिमा १८ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

कोलम्बियामा पहिरोमा परी कम्तिमा १८ जनाको मृत्यु भएको छ भने कैयौं घाइते भएका छन्। 

शुक्रबार भएको घटना शनिबार ढिला गरी सार्वजनिक भएको हो। क्विब्डो र एन्टिओकिया विभागको राजधानी मेडेलिन बीचको सडकमा पहिरो खसेको र धेरै मानिसहरू र सवारी साधनहरू फसेका  कोलम्बियाका उपराष्ट्रपति फ्रान्सिया मार्केजले पुष्टि गरे। 

कम्तीमा ३५ जना घाइतेहरूलाई विभिन्न अस्पतालमा लगिएको राष्ट्रिय विपद् जोखिम व्यवस्थापन इकाईले जनाएको छ। कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले घटनालाई भयानक त्रासदी भनेका छन् र अधिकारीहरूलाई प्रकोपबाट प्रभावितहरूलाई सहयोग गर्न सक्दो सहयोग गर्न आग्रह गरेका छन्। 

कोलम्बियन एयरोस्पेस फोर्स घाइतेहरूलाई उद्धार गर्न हेलिकप्टर प्रयोग गरेको छ।घटनास्थलमा रहेका प्रत्यक्षदर्शीले स्थानीय सञ्चारमाध्यमलाई भने कि विपद् अघि झन्डै ५० जना मानिस भारी वर्षाका कारण घरमा आश्रय लिएका थिए, त्यो घर नै अचानक पहिरोले पुरिएको थियो ।

Logo