जेनेभा ।
कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ३२ हजार २०० पुगेको छ । यस संक्रमणबाट विश्वभर ७८ लाख ६० हजार ७४८ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्वारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ ।
प्राप्त समाचार अनुसार कोरोना भाइरसका कारण बिरामी भएका ४० लाख ३५ हजार ७९० जना निको भएका छन् । हाल विश्वभरमा कोरोना भाइरस संक्रमित ३३ लाख ९२ हजार ७५८ व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५३ हजार ८८८ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
चीनको हुबेइ प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र २१ लाख २० हजार जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख १८ हजार व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
दक्षिण अमेरिकामा १३ लाख ५६ हजार २०८ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ५७ हजार ८७० जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा २४ लाख २७ हजार २०७ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ४३ हजार ३५५ जनाको मृत्यु भएको छ ।
युरोपमा २१ लाख ७३ हजार ५७८ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ८२ हजार ६७ को मृत्यु भएको छ । एसियामा १५ लाख ४६ हजार २७७ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ३८ हजार ८३१ जनाको मृत्यु भएको छ ।
अफ्रिकामा २ लाख २७ हजार ६०९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ६ हजार ८० जनाको मृत्यु भएको छ । ओसियानामा ८ हजार ९०५ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२४ जनाको मृत्यु भएको छ ।
नेपालमा हालसम्म ५ हजार ३३५ जना संक्रमित हुँदा १८ जनाको मृत्यु र ९१३ जना निको भएका छन् ।रासस/एएफपी





























प्रतिक्रिया