एउटा यस्तो देश जहाँ मुस्लिमहरूले शव गाड्दैनन, हिन्दु झै जलाउँछन् !

एउटा यस्तो देश जहाँ मुस्लिमहरूले शव गाड्दैनन, हिन्दु झै जलाउँछन् !

केन्द्रबिन्दु
0
Shares

जापान विश्वका विकसित देशहरूमा पर्छ। विज्ञानदेखि प्रविधिसम्म धेरै देशहरू जापान भन्दा अगाडि अरू छैनन् भने पनि हुन्छ। जापानको कुल जनसङ्ख्या करिब १२ करोड छ, जसमध्ये करिब एक प्रतिशत अर्थात लगभग २ लाख मुस्लिम र त्यति नै संख्यामा इसाई छन् । जापानमा बसोबास गर्ने मुस्लिमहरू आजकल अनौठो समस्याको सामना गरिरहेका छन्। मृत्युपछि शव गाड्न दुई गज जग्गा पनि नभएपछि त्यहाँ अनौठो परम्परा बसेको छ ।

जापानको ९९ प्रतिशत जनसङ्ख्या बौद्ध धर्मावलम्बीहरूको छ र उनीहरूले बुद्ध वा शिन्तो परम्पराअनुसार शव जलाउँछन्। जसरी हिन्दु धर्ममा हुन्छ । तर इस्लाममा शव जलाउन निषेध गरिएको छ र मृतकलाई मृत्यु भएको २४ घण्टाभित्र गाड्नु पर्छ। तर हालत यस्तो छ कि मृत्युको खबर सुनेर जापानी मुस्लिमहरू डर मान्छन ।

जापानमा जम्मा ७ वटा सार्वजनिक कब्रिस्तान छन्, जहाँ मुस्लिम र क्रिस्चियनहरूका लागि दफनको व्यवस्था गरिएको छ। अहिले अधिकांश चिहानमा ठाउँ नै छैन । क्योडो न्यूजका अनुसार जापानमा विदेशी नागरिकको संख्या हालका वर्षहरूमा तीव्र गतिमा बढेको छ। त्यहाँ मुस्लिमहरूको संख्या राम्रो छ तर अझै पनि देशमा केवल ७ मात्र कब्रिस्तानहरू छन्।

अधिकांश स्थानीयले शव जलाउने भएकाले नयाँ चिहान निर्माणमा पनि प्रशासनले ध्यान दिएको छैन । जापानको स्वास्थ्य मन्त्रालयका अनुसार केन्द्र सरकारले चिहान सम्बन्धी कुनै नियम बनाएको छैन तर त्यो निर्णय गर्ने अधिकार स्थानीय निकायमा छाडेको छ । एक हिसाबले यो नियम मुस्लिमहरूको लागि घाटा बनेको छ। 

जापान इस्लामिक ट्रस्टका अनुसार स्थानीय निकायले नयाँ चिहान बनाउन स्वीकृति दिन चाहेमा पनि स्थानीय जनताको दबाबमा पछि हट्छन् ।

Skip This
Skip This
Logo