एउटा यस्तो देश जहाँ मुस्लिमहरूले शव गाड्दैनन, हिन्दु झै जलाउँछन् !

एउटा यस्तो देश जहाँ मुस्लिमहरूले शव गाड्दैनन, हिन्दु झै जलाउँछन् !


जापान विश्वका विकसित देशहरूमा पर्छ। विज्ञानदेखि प्रविधिसम्म धेरै देशहरू जापान भन्दा अगाडि अरू छैनन् भने पनि हुन्छ। जापानको कुल जनसङ्ख्या करिब १२ करोड छ, जसमध्ये करिब एक प्रतिशत अर्थात लगभग २ लाख मुस्लिम र त्यति नै संख्यामा इसाई छन् । जापानमा बसोबास गर्ने मुस्लिमहरू आजकल अनौठो समस्याको सामना गरिरहेका छन्। मृत्युपछि शव गाड्न दुई गज जग्गा पनि नभएपछि त्यहाँ अनौठो परम्परा बसेको छ ।

जापानको ९९ प्रतिशत जनसङ्ख्या बौद्ध धर्मावलम्बीहरूको छ र उनीहरूले बुद्ध वा शिन्तो परम्पराअनुसार शव जलाउँछन्। जसरी हिन्दु धर्ममा हुन्छ । तर इस्लाममा शव जलाउन निषेध गरिएको छ र मृतकलाई मृत्यु भएको २४ घण्टाभित्र गाड्नु पर्छ। तर हालत यस्तो छ कि मृत्युको खबर सुनेर जापानी मुस्लिमहरू डर मान्छन ।

जापानमा जम्मा ७ वटा सार्वजनिक कब्रिस्तान छन्, जहाँ मुस्लिम र क्रिस्चियनहरूका लागि दफनको व्यवस्था गरिएको छ। अहिले अधिकांश चिहानमा ठाउँ नै छैन । क्योडो न्यूजका अनुसार जापानमा विदेशी नागरिकको संख्या हालका वर्षहरूमा तीव्र गतिमा बढेको छ। त्यहाँ मुस्लिमहरूको संख्या राम्रो छ तर अझै पनि देशमा केवल ७ मात्र कब्रिस्तानहरू छन्।

अधिकांश स्थानीयले शव जलाउने भएकाले नयाँ चिहान निर्माणमा पनि प्रशासनले ध्यान दिएको छैन । जापानको स्वास्थ्य मन्त्रालयका अनुसार केन्द्र सरकारले चिहान सम्बन्धी कुनै नियम बनाएको छैन तर त्यो निर्णय गर्ने अधिकार स्थानीय निकायमा छाडेको छ । एक हिसाबले यो नियम मुस्लिमहरूको लागि घाटा बनेको छ। 

जापान इस्लामिक ट्रस्टका अनुसार स्थानीय निकायले नयाँ चिहान बनाउन स्वीकृति दिन चाहेमा पनि स्थानीय जनताको दबाबमा पछि हट्छन् ।

Logo